ट्रेण्डिङ

होमपेज / राजनीति

सल्यान बागचौरको मेयर पदमा माओवादी र कांग्रेस बिच कडा प्रतिस्पर्धा

  सल्यान खबर डेस्क २०७९ जेठ ४ गते बुधबार १६:३४:३८ मा प्रकाशित

जेठ ४,सल्यान 
सल्यानको बागचौर नगरपालिकाको मेयर पदका लागि नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेस बिच कडा प्रतिस्पर्धा देखिएको छ । १२ वटा वडा रहेको नगरमा अहिलेसम्म ९ वडाको मतपरिणाम सार्वजनिक भइसकेको छ । 

९ वटा वडाको मतपरिणामलाई हेर्दा माओवादी केन्द्रका कृति बहादुर पुनले १४० मतले मात्र अग्रता लिएका छन् । माओवादीको पकड क्षेत्रका रुपमा रहेको यस नगरपालिकालाई लिने गरिन्छ । तर यस पटक गुमाउने सम्भावना पनि उत्तिकै रहेको छ । माओवादी केन्द्रका पुन ४ हजार ४ सय ३ मत ल्याउँदा नेपाली कांग्रेसका जनक गौतमले ४२६३ मत ल्याएका छन् । अब मतगणना गर्न तीन वडा मात्र बाँकी रहेको छ । बाँकी तीन वडामा नेपाली कांग्रेसको पकेट क्षेत्र रहेको छ । 

वडा न १मा २०७४ को चुनावमा नेपाली कांग्रेस विजयी भएको थियो । यस्तै वडा न २मा गत निर्वाचनमा एमाले विजयी भएको भएता पनि कांग्रेसले सुधार गरेको छ । यस्तै मतगणना हुन बाँक रहेको वडा न ८ पनि कांग्रेसका राम्रो वडा हो । गत निर्वाचनमा उक्त वडा माओवादीले जितेको थियो । 
२०७४ को निर्वाचनमा माओवादीले ८ वटा वडा जितेको थियो भने कांग्रेस र एमालेले समान दुई दुई वडा जितेका थिए । 

तर अहिलेको चुनावमा भने तीन वटा वडाको गणना हुँन बाँकी रहदा दुई वडा मात्र जित्न सफल भएको छ । नेपाली काँंग्रसले भने चार वडा जिति सकेको छ । एमाले दुई वडा सुनिश्चित गर्दा एकीकृत समाजवादीले एक वडामा जित हात पार्न सफल भएको छ । 
माओवादी भित्रको अन्तरविरोधका कारण माओवादी ८बाट दुईमा खुम्चिनु परेको उनीहरुको भनाई छ । 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top