ट्रेण्डिङ

होमपेज / राजनीति

कपुरकोट गाउँपालिका अध्यक्षमा समाजवादी र उपाध्यक्षमा माओवादी केन्द्र विजयी

  सल्यान खबर डेस्क २०७९ जेठ २ गते सोमबार २२:१९:१२ मा प्रकाशित

जेठ २,सल्यान 
कपुरकोट गाउँपालिका सल्यानको अध्यक्ष र उपाध्यक्षमा माओवादी केन्द्र र एकिकृत समाजवादी गठबन्धनका उम्मेदवारहरुले जित हासिल गरेको छ ।

गठबन्धनबाट एकिकृत समाजवादीका दुर्गा बहादुर पुन ३१६० मत ल्याएर अध्यक्षमा विजयी भएका भने माओवादी केन्द्रका प्रकाश भण्डारीले ३२४० मत ल्याएर उपाध्यक्ष निर्वाचित भएका छन् । 
निकटतम प्रतिद्वन्दी एमालेका भिम बहादुर सेनले २९३६ र उपाध्यक्ष पदमा एमालेकै भिमा बुढाथोकीले २७४५ मत प्राप्त गरेका छन् ।

यस्तै कांग्रेसको तर्फबाट विष्णु प्रसाद शर्माले अध्यक्ष पदमा १५७२ र ओकी महताराले उपाध्यक्ष पदमा १५३९ मत प्राप्त गरे । राष्ट्रिय जनमोर्चाका तुल्सीराम योगीले २७ मत प्राप्त गरे ।

वडा नम्बर ६ मा राप्रपाका श्यामकृष्ण बोहराले ५५० मत प्राप्त गर्दै वडा अध्यक्षमा निर्वाचित भएका छन् । एमालेसंग तालमेल गरेको राप्रपाले वडा नं ६ मा जित हात पारेको हो । कपुरकोट गाउँपालिकामा वडा नं १ र ५ को वडाध्यक्षमा गठबन्धनबाट माओवादी केन्द्रले जित निकालेको छ भने वडा नं २ र ४ को वडा अध्यक्षमा नेकपा एमाले विजयी भएको छ ।
 यस्तै वडा नं ३ मा नेपाली कांग्रेस र वडा नं ६ मा एमाले र राप्रपाको समिकरणबाट राप्रपाले जित हासिल गरेको छ ।
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top