होमपेज / राजनीति
जेठ २,सल्यान
सल्यानको सिद्ध कुमाख गाउँपालिकामा गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै नेपाली कांग्रेस विजयी भएको छ ।
माओवादी केन्द्र, एकीकृत समाजवादीका साझा उम्मेदवारलाई ३७५ मतले पराजित गर्दै कांग्रेसका भरत गिरी निर्वाचित भएका हुन । गिरीले २१७३ मत ल्याएर निर्वाचित हुँदा गठबन्धन एकीकृत समाजवादीका चित्र बहादुर चलाउनेले १७९८ मत ल्याएका छन् ।
उपाध्यक्षमा भने गठबन्धन माओवादी केन्द्रका राम बहादुर बस्नेत निर्वाचित भएका छन् । बस्नेतले २ हजार ३५ मत ल्याएर निर्वाचित भएका हुन । उनका निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसकी पूर्णिमा चलाउनेले १९६३ मत ल्याएकी छन् ।
५ वडा रहेको गाउँपालिकामा वडा न १ र २ माओवादी केन्द्र निर्वाचित भएको छ भने वडा न ३,४ र ५ मा नेपाली कांग्रेस निर्वाचित भएको छ ।





.jpg)