ट्रेण्डिङ

होमपेज / राजनीति

शारदा नगरपालिकामा कांग्रेस फराकिलो मतान्तरले अगाडी

  सल्यान खबर डेस्क २०७९ जेठ २ गते सोमबार १७:२४:१४ मा प्रकाशित

जेठ २,सल्यान 
सल्यानको शारदा नगरपालिकामा नेपाली कांग्रेसले मेयरमा फराकिलो मतान्तर अगाडी बढी रहेको छ ।

नेपाली कांग्रेसका प्रकाश भण्डारीले उनका निकटतम प्रतिद्धन्द्धीलाई एक हजार मतको फरक पारेका छन् । भण्डारीले ५ हजार मत ल्याउदा एमालेका मनोज कुमार प्रधानले ४ हजार ७ मत ल्याएका छन् । यस्तै माओवादी केन्द्रका प्रमोद श्रेष्ठले ३ हजार १ सय ६७ मत प्राप्त गरेका छन् । 

यस्तै उपमेयरमा पनि कांग्रेसले नै अग्रता लिएको छ । नेपाली कांग्रेसकी सुस्मिता सापकोटा सुनारले ४ हजार १ सय ११ मत ल्याउँदा एकीकृत समाजवादीका रमेश गौतमले ४ हजार ७ सय ३९ मत ल्याएका छन् ।

एमालेकी जलना भण्डारीले भने ३ हजार ६ सय २३ मत ल्याएकी छन् । शारदा नगरपालिकामा अब वडा न १४ र १५ को मात्र मतगणना गर्न बाँकी रहेको छ । वडा न १३ को अहिले मतगणना भइरहेको छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top