होमपेज / राजनीति
जेठ १,सल्यान सल्यानमा कांग्रेस, एमाले गठबन्धनले पालिकामा खाता खोलेको छ ।
जिल्लाको कुमाख गाउँपालिकामा अध्यक्षमा गठबन्धनबाट नेपाली कांग्रेसका ४ हजार ५८ मत ल्याएर विजयी भएका हुन । उनका निकटतम प्रतिद्धन्दी माओवादी केन्द्रका डिल्लीराज जैसीले ४ हजार १२ मत ल्याएका छन् । बुढाथोकीले जैसीलाई ४६ मतले पराजित गरेका हुन ।
यस्तै उपाध्यक्षमा गठबन्धनकै एमालेका लाल बहादुर रावत विजयी भएका छन् । उनी ४ हजार १ सय४३ मत ल्याएर विजयी भएका हुन । उनको प्रतिस्पर्धी माओवादी केन्द्रकी धनसरा मल्लले ३ हजार ९ सय ४३ मत ल्याएकी छन् ।
माओवादी भित्र अध्यक्षमा विवाद हुँदा माओवादीबाट लालचन्द रावतले स्वतन्त्र उम्मेदवारी दिएका थिए । उनले ४ सय ५२ मत ल्याएका छन् ।
माओवादीको आधारकिल्लाको रुपमा रहेको कुमाख गाउँपालिका गठबन्धनले भत्काइदिएको छ । २०७२ को चुनावमा अध्यक्ष उपाध्यक्ष दुवै पदमा माओवादी निर्वाचित भएको थियो ।
सात वडा रहेको गाउँपालिकामा माओवादी केन्द्रले वडा न १, ५,६ र ७ नम्बर वडा जितेको छ भने गठबन्धन अन्तर्गत नेपाली कांग्रेसले वडा न २,३ र ४ नम्वर वडा जिेतेको छ ।





.jpg)