होमपेज / राजनीति
सल्यानको बनगाड कुपिण्डे नगरपालिकामा सुरुवात देखिनै अग्रता लिएको माओवादीले मेयर पदमा प्रतिस्पर्धीभन्दा फराकिलो मतान्तर बनाएको छ ।
गठबन्धनबाट मेयर पदमा उठेका माओवादी केन्द्रका कर्ण बहादुर बुढाथोकीले २ हजार १ सय ४५ मत ल्याउँदा एमालेका गोविन्द पुनले १ हजार २ सय १२ मत मात्र प्राप्त गरेका हुन । बुढाथोकीले पुन भन्दा ९ सय३३ मतले अघि रहेका छन् ।
यस्तै (माओवादी, एकीकृत समाजवादी, कांग्रेस) गठबन्धनबाट उपमेयरमा उठेका कांग्रेसका पुरुषोत्तम आचार्यले १ हजार ४ सय ५९ मत ल्याएका छन् । यस्तै एमाले र स्वतन्त्र तर्फका उम्मेदवार दिपेन्द्र विष्टले १ हजार २ सय ४१ मत ल्याएका छन् ।





.jpg)