ट्रेण्डिङ

होमपेज / राजनीति

सल्यानका २१ वडाकाे मतगणना सम्पन्नः कांग्रेस १०, माओवादी ७ र एमाले ४ वडामा विजयी

  सल्यान खबर डेस्क २०७९ जेठ १ गते आइतबार ०८:२७:४७ मा प्रकाशित

१ जेठ, सल्यान ।

सल्यानका ८३ वडा मध्ये हालसम्म २१ वटा वडाकाे मत गणना सकिएकाे छ । मत गणना सम्पन्न भएका २२ वडा मध्ये १० कांग्रेस, ७ माओवादी र ४ वटा वडामा एमाले विजयी भएकाे छ ।

कांग्रेस विजयी हुने वडाहरुमा शारदा नगरपालिका १ मा प्रदिप पाण्डे, २ मा सविन हमाल, ३ मा तुलसा भण्डारी रहेकाे छन् । त्यसैगरी बागचाैर नगरपालिकाकाे वडा नम्बर १२ मा टिकाराम ओली, ११ मा केश बहादुर भण्डारी, बनगाड कुपिण्डे १ मा थुम बहादुर बिसी, १२ मा लाल बहादुर घर्ती, छत्रेश्वरी १ मा प्रकाश हमाल, त्रिवेणी १ मा दल बहादुर बस्नेत र कुमाख २ मा इश्वरी शाही वडाध्यक्षमा निर्वाचित भएका छन् ।

त्यसैगरी माओवादीबाट निर्वाचित हुने वडाध्यक्षहरुमा कुमाख १ मा डिल्ली राना, ६ मा कर्ण बहादुर विक, ७ मा डम्बर शाही, दार्मा १ मा टंक ओली, सिद्ध कुमाख १ मा रमेश चलाउने, छत्रेश्वरी २ मा प्रेम नेपाली र कपुरकाेट १ मा बालाराम खड्का रहेका छन् ।

त्यस्तै एमालेबाट निर्वाचित हुने वडाध्यक्षहरुमा कालीमाटी ४ मा बेल बहादुर चन्द, ५ मा टाेप बहादुर कार्की, त्रिवेणी २ मा हस्त बहादुर राम्जा र कपुरकाेट २ मा इश्वरी बुढा रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top