ट्रेण्डिङ

होमपेज / राजनीति

सल्यानको बागचौर नगरपालिका १२ र छत्रेश्वरी गाउँपालिका १ मा नेपाली कांग्रेस विजयी

  सल्यान खबर डेस्क २०७९ बैशाख ३१ गते शनिबार १९:४७:२७ मा प्रकाशित

 सल्यानको छत्रेश्वरी गाउँपालिका वडा नम्बर १ को अध्यक्षमा नेपाली कांग्रेसका प्रकाश हमाल विजयी बनेका छन् । उनले ३४० मत ल्याएर विजयी भएका हुन । उनका निकटतम प्रतिद्धन्द्धी एकीकृत समाजवादीका युवराज न्यौपानले २ सय ९७ मत लाएका हुन । 

एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्रको गठबन्धनसँगको कडा प्रतिस्पर्धामा हमाल ९ मतान्तरले वडाध्यक्षमा विजयी भएका हुन् ।

हमाल २०७४ को निर्वाचनमा कांग्रेसबाट वडा सदस्यमा निर्वाचित बनेका थिए । छत्रेश्वरी १ मा कांग्रेसबाटै शिवकुमार शर्मा बागी उम्मेदवार थिए ।
यस्तै बागचौर नगरपालिका वडा न १२ मा नेपाली कांग्रेस विजयी भएको छ । कांग्रेसका टिकाराम वलीले ५ सय ६१ मत ल्याएर विजयी भएका हुन । उनका निकटतम प्रतिद्धन्द्धी माओवादी केन्द्रका सेते वलीले ५ सय १२ मत ल्याएका छन् । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top