ट्रेण्डिङ

होमपेज / राजनीति

कुमाख गापा वडा नं. ७ मा माओवादी केन्द्रको प्यानल विजयी

  सल्यान खबर डेस्क २०७९ बैशाख ३१ गते शनिबार १०:४२:५७ मा प्रकाशित

कुमाख गापा वडा नं. ७ मा माओवादी केन्द्रको प्यानल विजयी कुमाख गाउँपालिका वडा नं. ७ मा माओवादी केन्द्रका डम्बर शाही विजयी भएका छन्।

शाहीले ६४३ मत लिई विजयी भएका हुन् भने उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेस-एमाले गठबन्धनका उम्मेदवार एमालेका कवि चन्दले ५९५ मत प्राप्त गरेका छन्। त्यसैगरी महिला सदस्य, दलित महिला सदस्य र खुला दुई सदस्यमा पनि माओवादी केन्द्रकै उम्मेदवार विजयी भएका छन्।

वडा नं. ७ माओवादी केन्द्रका तर्फबाट गाउँपालिका अध्यक्षका उम्मेदवार डिल्लीराज जैशीको वडा हो। कुल मतदाता १९८९ रहेको वडा नं. ७ मा १३३८ मत खसेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

Top