ट्रेण्डिङ

होमपेज / राजनीति

सल्यानका सबै मतगणना स्थलमा सिसि क्यामेरा र तारजाली

  सल्यान खबर डेस्क २०७९ बैशाख २९ गते बिहीबार २०:५४:०७ मा प्रकाशित

वैशाख २९,सल्यान
सल्यानका सबै मतगणना स्थलमा सिसि क्यामेरा र तारजाली राखिएको छ । दस वटै पालिकामा सिसि क्यामेरा सहित तारजालीको व्यवस्था गरेर मतगणना स्थल तयार पारिएको हो । 

सुरक्षा सहजताका लागि मतगणना गर्ने स्थानमा तार जाली राखिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । प्रत्यक्ष निगरानीका लागि सिसिटिभि क्यामेरा जडान गरिएको जिल्ला निर्वाचन कार्यालय सल्यानका सूचना अधिकारी तेजेन्द्र चन्दले बताए । 

शारदा नगरपालिकाको मतगणना जिल्ला समन्वयको हलमा गरिने भएको छ भने अन्य स्थानको सम्बन्धित पालिकाको कार्यालयमा गरिने कार्यालयले जनाएको छ । 
यस्तै स्थानीय निर्वाचनलाई शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न आवश्यक सम्पूर्ण व्यवस्थापन गरिएको प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले जानकारी दिए । सुरक्षाका लागि उच्च सतर्कता अपनाएको उनको भनाई छ । 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top