होमपेज / राजनीति
वैशाख २९,सल्यान
स्थानीय तहको निर्वाचन सम्पन्न गराउन कर्मचारी, सुरक्षाकर्मी सल्यानका सबै मतदान स्थलमा पुगेका छन् । शुक्रवार (भोलि) मतदानको तयारी पूर्ण रुपमा सम्पन्न भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी तेजेन्द्र चन्दले जानकारी दिनु भयो । जिल्लाका १ सय १४ मतदान स्थलमा मतदान अधिकृत, कर्मचारी, सुरक्षाकर्मी निर्वाचन सामाग्री लिएर काम अघि बढाइसकेको उहाँको भनाई छ ।
सम्बन्धित मतदान स्थलमा पुगेर टोलीले सर्वदलीय बैठक राख्ने, देखि मतदान स्थलको व्यवस्थापकीय काम , मतदाता शिक्षा र मतदाता परिचय पत्र वितरणको काम गरी रहेको चन्दले बताउनु भयो । जिल्लामा १ सय १४ मतदातस्थल रहेका छन् भने २ सय १ मतदान केन्द्र रहेका छन् । चुनावलाई स्वच्छ र भयरहित बनाउन जिल्लाभर सुरक्षा प्रबन्ध चुस्त पारिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । मतदान केन्द्रलाई अति सम्वेदनशील, संवेदनशील ल र सामान्य गरी तीन भागमा वर्गीकरण गरी जिल्ला सुरक्षा समितिले सुरक्षा रणनीति तयार पारेको छ ।
विगतका घटनाको विश्लेषण, मतदाता सङ्ख्या, भौगोलिक अवस्थिति, मतदान केन्द्रको दुरी र राजनीतिक शक्ति सन्तुलनलाई हेरेर मतदान केन्द्र वर्गीकरण गरिएका हो । समितिका सदस्य तथा जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक सुमित खड्काले मतदान केन्द्रको भित्री सुरक्षामा जनपद र म्यादी प्रहरी खटिने छन् भने बाहिरी सुरक्षा घेरामा सशस्त्र र नेपाली सेना रहने छ ।
२०७४ को निर्वाचनमा १ लाख २५ हजार २ सय ५६ मतदाता रहेकोमा यस पटकको चुनावमा भने १ लाख ५७ हजार ७ सय १५ मतदाता रहेका छन् । सबैभन्दा धेरै मतदाता शारदा नगरपालिकामा २३ हजार ७ सय ६४ रहेका छन् भने सबैभन्दा कम सिद्ध कुमाख गाउँपालिकामा ८ हजार ६ सय १७ मतदाता रहेका छन् ।
४ सय ३५ पदका लागि एक हजार ४ सय ८१ उम्मेदवार रहेका छन् । पालिका प्रमुखमा ४५ र उपप्रमुखमा ४२जनाको उम्मेदवारी परेको छ ।





.jpg)