होमपेज / राजनीति
वैशाख २५,सल्यान
स्थानीय तहको निर्वाचनमा भोट हाल्नका लागि मतदाताहरु गाउँब फर्कन थालेका छन् । संघीयता कार्यान्वयनसँगै दोस्रो पटक यहि वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा आफ्नो मताधिकार प्रयोग गर्न भारतबाट घर फर्कन थालेका हुन ।
रोजगारीका लागि भारतका विभिन्न स्थानमा पुगेका सल्यानी स्थानीय तहको निर्वाचनमा मतदान गर्न घर फर्कन थालेका छन् । गाउँका प्रतिनिधि चयन हुने निर्वाचन भएकाले आफ्ना माग जतिबेला पनि राख्न सकिने हुँदा मतदान गर्न घर फर्किएको भारतबाट फर्किएका नारायण वलीले बताए । गाउँ घरको विकास र सुविधा ल्याउन सक्नेलाई जिताउने आफूहरुको योजना रहेको उनले बताए । गाउँको विकास गर्ने र सबैलाई मिलाएर लैजान सक्नेलाई भोट दिने वलीको भनाई छ ।
बागचौर नगरपालिका १२ का १ सय २५ भन्दा बढी मतदान गर्न पहिलो चरणमा आएको प्रेम केसीले बताए । चुनावमा भाग लिन दुई हप्ताको बिदा मिलाएर घर फर्कि रहेको उनको भनाई छ । उनले भने सबै भन्दा नजिकको सरकार भनेकै स्थानीय सरकारले भएकाले योग्य र गाउँघरको विकास गर्न सक्नेलाई जिताउन बिदा लिएर घर फर्किएका छौं । आफूहरुले मजदुरीकै भरमा गुजारा गरेपनि छोरा नातिका दिन सुध्रन उनीहरुको विश्वास छ ।
आफ्नो मताधिकारको प्रयोग गर्न होस या आफूले आस्था राख्ने दलका उम्मेदवारलाई जिताउन होस मतदाताहरु गाउँ फर्किन थालेका छन् । निर्वाचन आउन एक हप्ता पनि बाँकी रहदा अहिले नै गाउँ जान सहज हुने भन्दै सर्वसभोधारण गाउँ जान थालेका छन् ।





.jpg)