होमपेज / राजनीति
इन्द्र बुढाथोकी वैशाख २०,सल्यान
नेकपा एमालेका कार्यकर्ताले जिल्ला अध्यक्ष गोविन्दकुमार पुनलाई कारवाहीको माग गरेका छन् । अध्यक्ष पुनले पार्टी नीति विधि विपरित हस्तक्षेपकारी, अलोकतान्त्रिक, स्वच्छाचारी काम गरेको भन्दै बनगाड कुपिण्डे नगरपालिकाको मेयर पदका उम्मेदवार समेत रहेका पुनलाई कार्यकर्ताले कारवाहीको माग गरेका हुन ।
स्थानीय तह निर्वाचनका क्रममा वैशाख १६ गते अन्तिम उम्मेदवारी नामावली प्रकाशनका दिन अध्यक्ष पुनले उपमेयरकी उम्मेदवार चम्फा पुरीको सहमति बगेर उम्मेदवारी फिर्ता गरेको भन्दै नेताकार्यकर्ताले पुनलाई कारवाहीको माग गरेका हुन ।
विज्ञप्तीमा भनिएको छ उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने दिन जिल्ला अध्यक्ष तथा नगर प्रमुख पदका उम्मेदवार गोविन्द कुमार पुनले हस्तक्षेपकारी, अलोकतान्त्रिक स्वच्छाचारी साथै सिंगो पार्टीलाई क्षति पुग्ने ढंगबाट उप प्रमुख पदको उम्मेदवारी फिर्ता गरेको प्रति सबै नेता कार्यकर्ता आक्रोशित भएका छौं ।
साथै विज्ञप्तमिा पुनले कुनै पार्टीसँग गठबन्धन नगरी व्यक्तिसँग साँठगाँठ गरेको प्रति एमालेका सबै कार्यकर्ताको आपत्ति रहेको समेत उल्लेख गरिएको छ ।
अध्यक्ष पुनलाई कारवाही नगरिए कठोर भन्दा कठोर निर्णय लिन समेत बाध्य हुने विज्ञप्तीमा उल्लेख गरिएको छ ।
विज्ञप्तीमा एमाले जिल्ला सचिवालय सदस्य मोतिलाल घर्ती, जिल्ला सदस्य चम्फा पुरी, शंखर थापा, एमाले जिल्ला सल्लाहाकार मानसिहं पुरी, बनगाड कुपिण्डे नगर कमिटी सचिव राजेश वली, सदस्य छोटीलाल बुढा, राजेन्द्र प्रकाश घर्ती, प्रेम ब विक, गेदलाल बुढा, प्रेम ब, वली, वडा न १० का वडाध्यक्ष जुक्ति प्रकाश घर्ती, राष्ट्रिय युवा संघ बनगाड कुपिण्डे १० का अध्यक्ष नन्दलाल पुन, नेपाल राष्ट्रिय शिक्षक संगठन नगरकमिटी अध्यक्ष नार घर्ती मगर, अनेरास्ववियू नगर कमिटी अध्यक्ष तेजेन्द्र बुढाथोकी, अनेमसंघ नगर कमिटी अध्यक्ष पुष्पा कुमारी खड्का यरी, वडा न ८ का वडा सविच राम बहादुर यरीले अनुशासन आयोग समक्ष तत्काल कारवाहीको माग गरेका छन् ।








.jpg)