ट्रेण्डिङ

होमपेज / राजनीति

बनगाड कुपिण्डे नगरपालिकामा गठबन्धनका उम्मेदवार चुनावी प्रचारमा

  सल्यान खबर डेस्क २०७९ बैशाख १९ गते सोमबार १५:३८:१६ मा प्रकाशित

इन्द्र बुढाथोकी वैशाख १९,सल्यान 

बनगाड कुपिण्डे नगरपालिकाका नगर प्रमुखका उम्मेदवार कर्ण बहादुर बुढाथोकी छहारीले देशको आवश्यकता अनुसार गठबन्धन गरेको बताएका छन् । अब एमाले सरकारले कुनै काम गर्न नसक्ने र  असक्षम नेतृत्वको पछाडी नलाग्न सबैमा अनुरोध गरेका छन् । अब विकास गर्ने जिम्मेवारी आफुलाइई र आफ्नो गठबन्धनलाई दिएमा नगरपालिकाको विकास गर्ने दावी गरे । 

स्वास्थ्य दोश्रो प्राथमिकता भएको सबै जनतालाई स्वास्थ्य सेवा पाउने व्यवस्था गर्ने दावी गर्दै  अहिले जनताले स्वास्थ्य सेवा नपाएको बताए । अब बन्ने नगरको १५ सैयाको अस्पताललाई स्थर वृद्धि गर्ने समेत उनको भनाई छ । कृषि क्षेत्रमा विशेष ध्यान दिने त्यसमा थप कृषकलाई रोजगारीमा जोड्ने बताउँदै यसलाई व्यवस्थित तरिकाले कृषि गरेर अगाडि बढाउन पहल गरिने बताए । 
बनगाड कुपिण्डे नगरपालिकाको विकासमा समग्र योजना बनाइ अगाडि बढ्ने लगाएत शिक्षा, स्वास्थ्य, सडक, बिधुत, खानेपानी, कृषि, बिचार, वन, बजार र व्यवस्थापन लगाएत क्षेत्रमा सुधार गर्नको लागि  आफुले काम गर्ने बताए ।

शासक होइन सेवक भएर काम गर्ने नगर उप प्रमुख उम्मेदवार समेत रहेका पुरुषोत्तम आचार्यले बताए । उनका  अनुसार आफुहरु जनप्रतिनिधि भएमा शिक्षा, स्वास्थ्य, सडक, लगायततमा  विकास गर्नेआफ्नो प्रमुख लक्ष्य रहेको बताए। केपि प्रवृतिको विरोध देशभर गठबन्धन गरिएको र त्यही अनुसार यहाँ पनि तीन दलिय गठबन्धन भएको बताए । नगरपालिका समग्र विकास गर्नको लागि साझा गठबन्धन भएर विकास गर्ने समेत बताए । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top