ट्रेण्डिङ

होमपेज / राजनीति

शारदा नगरपालिकाको मेयरका स्वतन्त्र उम्मेदवारको उम्मेदवारी फिर्ता

  सल्यान खबर डेस्क २०७९ बैशाख १६ गते शुक्रबार १८:०१:४९ मा प्रकाशित

वैशाख १६,सल्यान 
सल्यानको शारदा नगरपालिकाको मेयरमा स्वतन्त्रबाट उम्मेदवारी दिएका सुधन विष्टले उम्मेदवारी फिर्ता लिएका छन् ।

मनोनयन फिर्ताको आज अन्तिम दिन विष्टले नेपाली कांग्रेसका उम्मेदवारलाई सघाउने भन्दा आफ्नो उम्मेदवारी फिर्ता लिएका हुन । पार्टीले अन्याय गरेको भन्दै उनले स्वतन्त्रबाट उम्मेदवारी दिएका थिए ।  २०७४ को स्थानीय तह निर्वाचनमा विष्ट नेपाली कांग्रेसबाट शारदा नगरपालिका ४को वडाध्यक्षमा निर्वाचित भएका थिए । 

यस्तै मुख्य निर्वाचन अधिकृतको कार्यालय सल्यानका अनुसार शारदा नगरपालिकाबाट २६ उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छन् । 
कार्यालयका अनुसार स्वतन्त्र प्रमुख १, स्वतन्त्र उपप्रमुख १, राप्रपा उपप्रमुख १, स्वतन्त्र वडाध्यक्ष ७, नेकपा माओवादी केन्द्रका वडाअध्यक्ष १, माओवादी केन्द्रकै वडा सदस्य १, राप्रपा नेपाल सदस्य १, राजपा सदस्य १, राप्रपा २ र स्वतन्त्र सदस्य १० गरी २६ जनाले उम्मेदवारी फिर्ता लिएका हुन । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top