ट्रेण्डिङ

होमपेज / राजनीति

कुमाखमा ३७ पदका लागि १२५ जनाको उम्मेदवारी

  सल्यान खबर डेस्क २०७९ बैशाख १२ गते सोमबार २०:५७:२० मा प्रकाशित

वैशाख १२,सल्यान 
सल्यानको कुमाख गाउँपालिकामा ३७ पदका लागि १ सय २५ जनाको उम्मेदवारी परेको छ । सात वडा रहेको गाउँपालिकामा ३७ पदका लागि १ सय २५ जनाको उम्मेदवारी परेको हो । 
कुमाख गाउँपालिकाका अनुसार अध्यक्ष पदमा ५, उपाध्यक्षमा ७, वडाध्यक्ष पदमा ३७, खुला सदस्यका लागि ३८, महिला सदस्यमा २०, दलित महिला सदस्य १८ जनाको उम्मेदवारी परेको छ । 

यस्तै  कपुरकोट गाउँपालिकामा १०२ जना उम्मेदवारहरुले मनोनयन दर्ता गराएका छन् । जम्मा ३२ पदका लागि १०२ जनाले उम्मेदवारी दिएको निर्वाचन अधिकृतको कार्यालय कपुरकोटले जनाएको छ ।

निर्वाचन अधिकृत हेमन्त ज्ञवालीका अनुसार गाउँपालिका अध्यक्ष पदमा ४ जना, उपाध्यक्ष पदमा ३ जना, वडा अध्यक्ष पदमा १९ जना उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । यस्तै महिला सदस्यमा १९, दलित सदस्यमा १९ र खुला सदस्यमा ३८ जनाले उम्मेदवारी दिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

कपुरकोट गाउँपालिकामा नेकपा एमालेका भिम बहादुर सेन, नेपाली कांग्रेसका विष्णु कुमार शर्मा, एकिकृत समाजवादीका दुर्गा बहादुर पुन र राष्ट्रिय जनमोर्चाका तुल्सीराम योगीले अध्यक्ष पदका लागि उम्मेदवारी दिएका छन् ।

यस्तै उपाध्यक्ष पदका लागि एमालेबाट भिमा बुढाथोकी, कांग्रेसबाट ओकी महतारा, माओवादी केन्द्रबाट प्रकाश भण्डारीको उम्मेदवारी परेको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

वडा नं १ मा वडा अध्यक्ष पदका लागि एमालेबाट तेज बहादुर राना, काग्रेसबाट हिरालाल घर्ती र माओवादी केन्द्रबट बालाराम खड्काको उम्मेदवारी दर्ता भएको छ । वडा नं २ मा एमालेबाट इश्वर बुढा, काग्रेसबाट अमरचन्द्र राना र माओवादीबाट शेर बहादुर पुनले वडाध्यक्षका लागि उम्मेदवारी दिएका छन् ।

वडा नं ३ मा एमालेबाट टिकाराम बुढाथोकी, काग्रेसबाट प्रदिप खड्का, समाजवादीबाट कृष्ण बहादुर बुढाथोकी तथा वडा नं ४ मा एमालेबाट मित्रलाल कठायत, काग्रेसबाट गोपाल सिंह बुढा र माओवादीबाट खड्क सिंह ठकुरीले वडा अध्यक्ष पदमा मनोनयन दर्ता गराएका छन् ।

यस्तै वडा नं ५ मा एमालेबाट भिम बहादुर बुढाथोकी, काग्रेसबाट सुमन केसी, माओवादी केन्द्रबाट होम बहादुर खड्का र राप्रपा नेपालबाट इन्द्रजीत साहुले वडा अध्यक्षका लागि उम्मेदवारी दिएका छन् भने वडा नं ६ मा काग्रेसबाट गोवर्धन पुन, समाजवादीबाट नन्दलाल महतारा र राप्रपाबाट श्यामकृष्ण वोहोराले वडा अध्यक्ष पदका लागि उम्मेदवारी दिएका छन् । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top