होमपेज / राजनीति
वैशाख १२,सल्यान
नेपाली कांग्रेस सल्यानका जिल्ला सभापति केश बहादुर बिष्टले छत्रेश्वरी गाउँपालिकाको अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका छन । जसको उपाध्यक्षमा सीता गिरिको उम्मेदवारी परेको छ ।
तर नेपाली कांग्रेसको रुष्ट पक्षले स्वतन्त्र उम्मेदवारी दर्ता गरेको छ । पार्टी सभापतिको विरुद्धमा अध्यक्षमा डिल्ली जैसी,उपाध्यक्षमा मेग राज भण्डारीले उम्मदेवारी दिएका हुन । यस्तै वडा न १ को अध्यक्षमा शिव कुमार शर्मा,वडा न. ४ मा महोन डिसी,वडा ७ बाट सुकलाल खड्काले उम्मेदवारी दर्ता गराएका छन । अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएका जैसी नेपाली कांग्रेसको १४ महािधवशनमा जिल्ला सचिव पदमा पराजित भएका थिए ।
गाउँपालिकामा एमालेबाट ओज बहादुर बुढाथोकी,उपाध्यक्षमा बुद्दा केसी,माओवादी केन्द्र बट अध्यक्षमा प्रेम खड्का प्रभात,उपाध्यक्षमा गितान्जली भण्डारी,सामाजबादीबाट उपाध्यक्षमा राज बहादुर बुढाथोकीको उम्मेदवारी परेको छ ।





.jpg)