ट्रेण्डिङ

होमपेज / राजनीति

एमाले सल्यानले टुंग्यायो उम्मेदवार

  सल्यान खबर डेस्क २०७९ बैशाख ११ गते आइतबार १९:४४:०६ मा प्रकाशित

वैशाख ११,सल्यान 
नेकपा एमाले सल्यानले स्थानीय तहको प्रमुख र उपप्रमुखको उम्मेदवारको टुंग्याएको छ । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि सल्यानले १० वटै तहको उम्मेदवारको टुंगो लगाएको हो । 

एमालेले शारदा नगरपालिकाको मेयरमा मनोज कुमार प्रधान र उप मेयरमा सरिता हमाल, बागचौर नगरपालिकाको मेयर घनश्याम शर्मा र उपमेयरमा गीता मल्ल, बनगाड कुपिण्डे नगरपालिकामा गोविन्द कुमार पुन र उपमेयरमा चम्फा पुरी वलीलाई उम्मेदवार बनाएको हो । 

यस्तै कालिमाटी गाउँपालिकाको अध्यक्षमा दान बहादुर खत्री, उपाध्यक्षमा सनसिल्ता वली डिसी, त्रिवेणीको अध्यक्षमा भिम बहादुर सेन, उपाध्यक्ष भिमा बुढाथोकी, छत्रेश्वरीको अध्यक्षमा ओज बहादुर बुढाथोकी, उपाध्यक्ष कुन्ती बस्नेत, कुमाखको अध्यक्षमा लाल बहादुर रावत, उपाध्यक्ष शान्ति चन्द, सिद्ध कुमाखको अध्यक्ष जीत बहादुर चलाउने, उपाध्यक्षमा पुष्पा कुमारी बोहोरा बुढाथोकी र दार्माको अध्यक्षमा गणेशमान सिहं र उपाध्यक्षमा पुतला खड्का रोकायलाई अघि सारेको छ । 
एमालेले बन्गाड कुपिण्डे नगरपालिका, कालिमाटी गाउँपालिका र कालिमाटी गाउँपालिकाका पुरानै अध्यक्षलाई दोहो¥याएको छ । 

शारदा नगरपालिकाको उपमेयर उम्मेदवार बनेकी हमाल यस अघिक २०७४ मा पनि उपमेयरमा पराजित भएकी थिइन । यस्तै त्रिवेणी गाउँपालिका र छत्रेश्वरी गाउँपालिकाका उम्मेदवार पनि २०७४ को निर्वाचनमा पराजित भएका थिए । 


 

प्रतिक्रिया

सम्बन्धित खवर

Top