ट्रेण्डिङ

होमपेज / राजनीति

सल्यान निर्वाचन अधिकृतका कार्यालयहरु सुनसान

  सल्यान खबर डेस्क २०७९ बैशाख ११ गते आइतबार १७:५४:०५ मा प्रकाशित

 वैशाख ११,सल्यान 
आइतबार सल्यानका सबै निर्वाचन अकिकृतका कार्यालय सुनसान भएका छन् । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आयोगले आइतबार र सोमबार मनोनयन दर्ताको लागि मिति तोकेको थियो । तर पहिलो दिन जिल्लाका प्रमुख राजनीतिक दल मनोनयन दर्ता गर्न गएनन् । माओवादी केन्द्रले दार्मा गाउँपालिकामा मात्र मनोनयन दर्ता गराएको छ । 

सत्ता  गठबन्धनमा रहेका दलहरु माओवादी, नेपाली कांग्रेस र एकीकृत समाजवादीमा भागबन्डा मिल्न सकेको छैन भने  र प्रमुख प्रतिपक्षी दल नेकपा एमाले पनि पहिलो दिन कुनै पनि पालिकामा उम्मेदवारी दर्ता गराएको छैन । 

सत्ता गठबन्धनले भोली (सोमबार) मात्र उम्मेदवारी दर्ता गराउने भएका छन् । 
गठबन्धन भन्दा बाहिर रहेको राप्रपाले मात्र शारदा नगरपालिकामा मनोनयन दर्ता गराएको छ । 
पहिलो दिन स्वतन्त्र उम्मेदवारले मात्र उम्मेदवारी दिएका छन् । विप्लव नेतृत्वको नेकपाले छत्रेश्वरी गाउँपालिको अध्यक्ष पदमा लोकपाल केसी र उपाध्यक्षमा हिरा बुढाले उम्मेदवारी दर्ता गराएका छन् । यस्तै बागचौर नगरपालिकाको मेयरमा स्वतन्त्रबाट चित्र बहादुर डाँगीले स्वतन्त्र उम्मेदवारी परेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top