होमपेज / राजनीति
वैशाख ११,सल्यान
सल्यानको छत्रेश्वरी गाउँपालिका अध्यक्ष पदका लागि स्वतत्रबाट लोकपाल केसीले उम्मेदवारी दर्ता गराएका छन् । छत्रेश्वरीमा पहिलो नम्बरमा केसीको मनोनयत पत्र दर्ता गरिएको हो ।
नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका विशेष जिल्ला सदस्य रहेका केसीले उम्मेदवारी दर्ता गराएका हुन ।
यस्तै बागचौरमा पनि एक जनाले मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका छन् । बागचौर नगरपालिका २ लस्तमका चित्र बहादुर डाँगीले उम्म्मेदवारी दिएका हुन ।
गठबन्धनको टुंगो नलाग्दा कार्यकर्ता अन्योलमा
कर्णालीमा सत्ता साझेदार दलहरुबिच गठबन्धनको विषयमा टुंगो नलाग्दा जिल्लाका नेता तथा कार्यकर्ता अन्यौलमा परेका छन् ।
उम्मेदवार मनोनयनको पहिलो दिन सकिनै लाग्दा समेत निर्वाचन कार्यालयहरु सुनसा नबनेका छन् । कार्यकर्ता कर्णाली प्रदेशको निर्णयलाई कुरेर बसेका छन् । तर गठबन्धनले अहिलेसम्म निर्णय गर्न सकेको छैन ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले समेत पहिलो दिन कुनै पनि पालिकामा उम्मेदवारी दर्ता नगर्ने भएको छ । गठबन्धनबाट कस्ता उम्मेदवार छनौट हुन्छन् शोही अनुसार आफ्ना उम्मेदवार पठाउने भन्दै एमाले पनि कुनै तहमा मनोनयन दर्ता गरेको छैन् ।





.jpg)