ट्रेण्डिङ

होमपेज / राजनीति

कुमाखको अध्यक्ष बन्न माओवादीमा ५ आकांक्षीः बहालवाला प्रमुख देखि उपप्रमुखसम्म

  सल्यान खबर डेस्क २०७९ बैशाख ७ गते बुधबार १६:४०:४६ मा प्रकाशित

 वैशाख ७,सल्यान 
सल्यानको कुमाख गाउँपालिकाको अध्यक्ष बन्न नेकपा माओवादी केन्द्रबाट ५ जना आकांक्षी देखिएका छन् । पटक पटक बसेको बैठकमा नेतृत्वको विषयमा छलफल भएपनि आकांक्षी पछि नहटेपछि पाँचै जनाको नाम सिफारिस गरेको हो । 

अध्यक्षमा सिफारिस हुनेमा बहालवाला अध्यक्ष दिलमाया बुढामगर गिरी, बहालवाला उपाध्यक्ष डिल्लीराज जैसी, गणेश शाही, चन्द्र बहादुर राना र तिलविर बुढाथोकी रहेका छन् । नेताहरुका बिचमाम सहमतिको प्रयास गरे पनि सहमति नभएपछि माथिल्लो कमिटीको निर्णय मान्य हुने भन्दा सबैको नाम सिफारिस गरिएको माओवादी कुमाख गाउँ कमिटी सचिव यज्ञ गिरीले जानकारी दिए । 

अध्यक्षको दावी गरेको जिल्ला समन्वय समिति उपप्रमुख हरि प्रकाश बुढाथोकी र वडा न ५ का वडाध्यक्ष धर्मे बुढाथोकीले भने छाडेका छन् । 
यस्तै उपाध्यक्षमा हर्ष बहादुर बुढाथोकी, डिल्लीराज रावत, रमेश बुढाथोकी, विरवल शर्मा, लालचन रावत , धनसरा मल्ल, तुलाराम बोहरा, हस्तकला आर्चाय, पूर्णिमा खत्रीको नाम सिफारिस गरिएको गिरीको भनाई छ । 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top