ट्रेण्डिङ

होमपेज / राजनीति

सल्यानका दुई पालिकामा माओवादीका उम्मेदवार सिफारिस

  सल्यान खबर डेस्क २०७९ बैशाख ६ गते मंगलबार १७:२०:०८ मा प्रकाशित

 वैशाख ६,सल्यान 
सल्यानका दुई पालिकामा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले उम्मेदवारका लागि सिफारिस गरेको छ । जिल्लाको शारदा नगरपालिका र दार्मा गाउँपालिकामा माओवादीले उम्मेदवारको सिफारिस गरेको हो । 

शारदा नगरपालिकामा सदरमुकाम निवासी प्रमोद श्रेष्ठ र दार्मा गाउँपालिकामा अहिलेकै अध्यक्ष निम बहादुर केसीलाई दोहो¥याउने भएको हो । नेपाली काँंगे्रसका रामचन्द्र केसीलाई ९ सय २३ मतको अन्तरले विजयी भएका थिए । निम बहादुर केसीले ३ हजार ६ सय ९४ मत ल्याएर विजयी हुँदा एमाले र काँग्रेसका सयुक्त उम्मेदवार रामचन्द्रले २ हजार ७ सय ७१ मत ल्याएका थिए । 

यस्तै दार्मा गाउँपालिकाको उपाध्यक्षमा जुना मल्ललाई सिफारिस गरेको छ भने शारदा नगरपालिकाको उपमेयरमा सदिक्षा घर्ती र हिरा विक रसाइलीको नाम सिफारिस गरेको छ । 
अन्य पालिकाहरुमा छलफल चलि रहेको र एक दुई दिन भित्रमा निर्णय हुने माओवादी केन्द्र सल्यानले जनाएको छ । 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top