ट्रेण्डिङ

होमपेज / राजनीति

माओवादी केन्द्रले शारदा नगरपालिकाको मेयरमा श्रेष्ठलाई उठाउने

  सल्यान खबर डेस्क २०७९ बैशाख ६ गते मंगलबार ११:५७:१० मा प्रकाशित

वैशाख ६,सल्यान 
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले जिल्लाको पहिलो नगरपालिकाको रुपमा रहेको शारदा नगरपालिकामा प्रमोद श्रेष्ठलाई उठाउने भएको छ । माओवादी कर्णाली प्रदेश सदस्य समेत रहेका श्रेष्ठलाई मेयरको रुपमा उम्मेदवार बनाउने निर्णय गरेको माओवादी केन्दै शारदा नगरकमिटिले जनाएको छ । 

२०७४ को स्थानीय तहको निर्वाचनमा पनि श्रेष्ठ लडेका थिए । थिए । यस्तै उपमेयरमा सदीक्षा घर्ती र हिरा विक रसाइलीको नाम सिफारिस गरेको छ । मेयरमा श्रेष्ठको नाम सर्वसम्मत पास भएको हो । 

यसअघि एमालेले मनोज कुमार प्रधान र राप्रपाले नेत्रलाल श्रेष्ठलाई उठाउने निर्णय गरी सकेका छन् ।तीनै जना शारदा नगरपालिका २ ठन्डीसडकका रहेका छन् । 
 नेपाली कांग्रेस र एकीकृत समाजवादीले कसलाई उठाउने निर्णय गरेका छैनन् । 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top