होमपेज / राजनीति
वैशाख ४,सल्यान
सत्ता गठबन्धनमा रहेका दलहरूले आ आफ्नै तरिकाले निर्वाचनमा जाने निर्णय गरेका छन् । सत्ता साझेदार नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी बिच आइतबार बसेको बैठकले निर्वाचनमा एक्ला एक्लै जाने निर्णय गरेका हुन् ।
गठबन्धन दलमा पालिका स्तरको बाँडफाँडमा सहमति कायम नभएपछि वैशाख ३० गते हुने निर्वाचनमा मैत्रीपूर्ण र स्वच्छ प्रतिस्पर्धा सहित निर्वाचनमा जाने निर्णय गरिएको नेकपा माओवादी केन्द्र सल्यानका संयोजक कृति बहादुर पुनले जानकारी दिए । गठबन्धनमा रहेका दलहरूले आ आफ्नो दाबी गर्ने काम भयो उनले भने त्यसमा सहमति हुन नसके पनि स्वच्छ प्रतिस्पर्धाका लागि जाऔँ भन्ने निर्णय भयो उनले भने ।
२०७४ को निर्वाचनमा माओवादीले बागचौर नगरपालिका, दार्मा र कुमाख गाउँपालिका जितेको थियो भने बनगाड कुपिण्डे नगरपालिकामा उपमेयर जितेको थियो । नेपाली कांग्रेसले शारदा नगरपालिका, छत्रेश्वरी गाउँपालिका र त्रिवेणी गाउँपालिका जितेको थियो । यस्तै एमालेले सिद्ध कुमाख, कपुरकोट, कालिमाटी गाउँपालिका र बनगाड कुपिण्डेमा मेयरमा जित निकाल्न सफल भएको थियो । एमाले फुटेसँगै सिद्ध कुमाख गाउँपालिका अध्यक्ष र कपुरकोट गाउँपालिका उपाध्यक्ष एकीकृत समाजवादी तिर रहेका छन् । गत निर्वाचनमा माओवादीले ३२, एमालेले २७, नेपाली कांग्रेसले २३ र राप्रपाले १ वडा जितेका थिए । २७ वडा जितेको एमालेका अधिकांश वडा अध्यक्ष एकीकृत समाजवादी तिर रहेका छन् ।
माओवादीले तीन पालिकाको प्रमुख, चार उपप्रमुख र ३२ वडाध्यक्षसहित एकसय ८३ पद जित्दै पहिलो बनेको थियो ।
एमालेले चार पालिकाको प्रमुख, तीन उपप्रमुख र २७ वडाध्यक्षसहित एकसय ५१ पद जित्दा काँग्रेस तीन पालिकामा प्रमुख, तीन उपप्रमुख र २३ वडाध्यक्षसहित एकसय १२ पदमा विजयी भएको थियो ।







.jpg)