ट्रेण्डिङ

होमपेज / राजनीति

गठबन्धन दलसँग वार्ता गर्न कांग्रेस सल्यानको पाँच सदस्यीय टोली गठन

  सल्यान खबर डेस्क २०७९ बैशाख ३ गते शनिबार १६:५९:४७ मा प्रकाशित

वैशाख ३,सल्यान 
स्थानीय तहको निर्वाचनका लागि नेपाली कांग्रेस सल्यानले पाँच सदस्यीय टोली गठन गरेको छ । सरकार साझेदार गठबन्धन गरेका दलसँग छलफल गर्न कांग्रेसले पाँच सदस्यीय टोली गठन गरेको हो । 

छलफल गर्न गठन गरिएको टोलीमा जिल्ला सभापति केश बहादुर विष्ट, उपसभापति सन्तोष केसी, प्रदेश सहमहामन्त्री एकराज डाँगी, निर्वाचन क्षेत्र क का सभापति सुरेश चन्द र निर्वाचन क्षेत्र ख का सभापति सुरेश अधिकारी रहेका छन् । 

शनिवार कांग्रेसले सल्यान खलंगामा पत्रकार सम्मेलन गर्दै यस्तो जानकारी दिएको हो । यस्तै कांग्रेस सल्यानले जिल्ला संसदीय समिति समेत गठन गरेको छ । ८ पदाधिकारी र पाँच जिल्ला सदस्यहरु गरी १३ सदस्यीय संसदीय समिति गठन गरेको हो । सल्यानमा अहिले कोषाध्यक्षको पद भने खाली रहेको छ ।

कोषाध्यक्षको टुंगो नलागेसम्म ७ पधाधिकारी र ६ जिल्ला सदस्य रहेको संसदीय समिति गठन गरिएको पार्टी सभापति केश बहादुर विष्टले जानकारी दिए । उनका अनुसार जिल्ला सदस्यहरु हेमेन्द्र बाबु सेजवाल, मेघराज भण्डारी, दिपक विश्वकर्मा, टोप बहादुर केसी र सेर बहादुर घर्तीलाई संसदीय समितिमा राखिएको छ

। यस्तै १४ औं महाधिवेशनमा जिल्ला सभापतिमा पराजित बनेका ध्रुवराज पुरीलाई समेत संसदीय समितिको सदस्यमा मनोनित गरिएको छ । 
पत्रकार सम्मेलनमा पार्टी भित्रको विवादको समेत अन्त्य भएको जनाइएको छ । 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top