ट्रेण्डिङ

होमपेज / राजनीति

त्रिवेणी गाउँपालिकाको सङ्घीयताको ५ वर्ष पुस्तक विमोचन

  सल्यान खबर डेस्क २०७८ चैत्र २१ गते सोमबार १७:१८:२० मा प्रकाशित

 चैत २१,सल्यान 

सल्यानको त्रिवेणी गाउँपालिकाले सङ्घीयताको ५ वर्ष नामक पुस्तक विमोचन गरेको छ । गाउँपालिकाले हालसम्मको कार्य सम्पादनको प्रगति विवरण समावेश गरेको पुस्तक विमोचन गरेको हो । 

सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको पहिलो स्थानीय सरकार अन्तर्गतको त्रिवेणी गाउँपालिकाले हालसम्म गरेको कार्य सम्पादनको प्रगति उक्त पुस्तकमा समावेश गरिएको छ । सामाजिक, पूर्वाधार, आर्थिक, सांस्कृतिक, पर्यटन, सुशासन लगायत विषयमा पुस्तकमा समावेश गरिएको गाउँपालिका अध्यक्ष मान बहादुर डाँगीले बताए । 

सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक शासन व्यवस्थाको पहिलो स्थानीय सरकारले भएकाले शून्य अवस्थाबाट काम गरिएको उनको भनाई छ । गाउँपालिकाले शिक्षा, स्वास्थ्य, कृषि, खानेपानी, पर्यटन, सरसफाइ, यातायात तथा पूर्वाधारको क्षेत्रमा उल्लेख्य काम गरेको दाबी गरे । 

सेवाको वरिपरि जनता होइन, जनताको वरिपरि सेवाको अवधारण अनुसार गाउँपालिकाले कामलाई अघि बढाएको बताउँदै सामाजिक विकासमा सबैभन्दा बढी प्राथमिकता दिएको गाउँपालिकाले जनाएको छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top