होमपेज / राजनीति
चैत २०,सल्यान
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) कपुरकोट गाउँ कमिटीले कपुरकोटमा पार्टी कार्यालय स्थापना गरेको छ । आसन्न स्थानीय तहको निर्वाचनलाई लक्षित गरी कपुरकोट बजारमा पार्टी कार्यालय स्थापना गरेको हो ।
पार्टी कार्यालय स्थापना गर्दै माओवादी केन्द्रका केन्द्रीय सदस्य टेक बहादुर बस्नेतले जनयुद्धको जगमा स्थापना भएको संघीयताको रक्षाका लागि माओवादीलाई आउँदो निर्वाचनमा निर्वाचित गराउनु पर्ने बताए ।
यस्तै कपुरकोट गाउँकमिटीको पूर्ण बैठक पनि सम्पन्न भएको छ । बैठकले कपुरकोट गाउँ कमिटी अध्यक्ष प्रकाश भण्डारीको संयोजकत्वमा निर्वाचन परिचालन मूल समिति गठन गरेको छ । उक्त समितिमा गाउँपालिका कमिटीका सबै पदाधिकारी, सदस्य, कपुरकोटबाट प्रतिनिधित्व गर्ने जिल्ला समन्वय समितिका सदस्य, कपुरकोट गाउँ कमिटी जेष्ठ कम्युनिस्ट मञ्च र सल्लाहाकार सबै, वडा कमिटीका पदाधिकारी सबै, सबै जवस मोर्चाका प्रमुख रहने माओवादी केन्द्र कपुरकोटले जनाएको छ ।
यस्तै वडा अध्यक्ष संयोजक रहने गरी वडा स्तरको निर्वाचन परिचालन समिति समेत गठन गरेको छ ।





.jpg)