ट्रेण्डिङ

होमपेज / राजनीति

राप्रपा सल्यानको निर्वाचन परिचालन समिति गठन

  सल्यान खबर डेस्क २०७८ चैत्र १६ गते बुधबार १७:०२:४१ मा प्रकाशित

चैत १६,सल्यान 
राष्ट्रिय प्रजातन्त्र पार्टी सल्यानले आउँदै गरेको स्थानीय तह निर्वाचनलाई लक्षित गरी जिल्ला स्तरीय निर्वाचन परिचालन समिति गठन गरेको छ ।

अनुपम सिहं श्रेष्ठको संयोजकत्वमा जिल्ला निर्वाचन परिचालन समिति गठन गरेको हो । राप्रपा जिल्ला कार्य समिति सल्यानको आठौं बैठकले आउदो वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा अन्य दलसँगग तालमेल हुन सक्ने अवस्थामा पार्टी अध्यक्ष नेत्रलाल श्रेष्ठको संयोजकत्वमा वार्ता समिति समेत गठन गरेको छ । जसको सदस्यमा अनुपम सिहं श्रेष्ठ , , सन्तोष कुमार राई , इन्द्रा भण्डारी र शिला बुढाथोकी रहेका छन् ।

बैठ्कले  पार्टीको बिधान बमोजिम जिल्ला उपाध्यक्षमा सन्तोष कुमार राई र प्रबक्तामा बीरेन्द्र रावतलाई मनोनित गरेको  छ । यस्तै सदस्यहरुमाहरि कृष्ण चन्द , लाल बहादुर के सी , प्रेम बहादुर केसी , सनोष कुमार केसी , अभय कुमार श्रेष्ठ महेन्द्र गुरुङ र सशङ्क बिकलाई मनोनित गरेको छ । बैठकले  नगर र गाउँपालिका स्तरिय निर्बाच समिति पनि गठन गरेको छ ।

 जिल्लाका सबै नगर तथा गाउ इकाई समितिमा एक एक जना इन्चार्ज मनोनित गरिएको पार्टी अध्यक्ष नेत्रलाल श्रेष्ठले जानकारी दिए । जसमा शारदा नगरपालिकामा सन्तोष कुमार राई , बनगाड कुपिण्डे नगर समितिमा हिरा लाल बिष्ट , बागचौर नगरपालिकामा अमर गिरी इन्चार्ज मनोनित भएका छन्  । यस्तै त्रिवेणी  गाउँपालिकामा देबेन्द्र थापा, कपुरकोट गाउँपालिकामा श्याम कृष्ण बोहरा , कालिमाटी गाउँपालिकामा प्रदिप थापा , शिद्ध कुमाखमा रमेश चलाउने , दार्मामा लाल बहादुर केसी , कुमाखमा शिला बुढाथोकी, छत्रेश्वरी गाउँपालिकामा लाल बहादुर केसी इन्चार्ज मनोनित भएका छन् । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top