ट्रेण्डिङ

होमपेज / राजनीति

हातहतियार बुझाउन जिल्ला प्रशासन कार्यालय सल्यानको आग्रह

  सल्यान खबर डेस्क २०७८ चैत्र ११ गते शुक्रबार १५:०९:४२ मा प्रकाशित

चैत ११,सल्यान 
स्थानीय तहको निर्वाचनलाई भयरहित, शान्तिपूर्ण र निष्पक्ष बनाउने उद्देश्यले जिल्ला प्रशासन कार्यालय सल्यानले इजाजत प्राप्त हातहतियार बुझाउन आग्रह गरेको छ ।  

आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई निष्पक्ष, शान्तिपूर्ण र भयरहित तबरबाट सम्पन्न गर्नका लागि सो हातहतियार नजिकको प्रहरी एकाइ  मार्फत जिल्ला प्रहरी कार्यालयमा बुझाउन आग्रह गरेको हो । शुक्रबार एक सूचना जारी गर्दै जिल्ला प्रशासन कार्यालयले स्थानीय तहको निर्वाचनलाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्न इजाजत प्राप्त हातहतियार बुझाउन आग्रह गरेको हो । 

निमित्त प्रमुख जिल्ला अधिकारी थमन खड्काले चैत मसान्तभित्रमा सबैले आफूसँग भएका हातहतियार बुझाउन आग्रह गरे। उनले सो हातहतियार निर्वाचन सम्पन्न भए पश्चात सम्बन्धित व्यक्तिलाई नै फिर्ता गरिने जानकारी दिए ।


 

प्रतिक्रिया

सम्बन्धित खवर

Top