होमपेज / राजनीति
चैत १०,सल्यान
आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि सल्यानमा सात दल दर्ता भएका छन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार ६ ठुला दलबाहेक सात साना दलले निर्वाचनका लागि चिन्ह लिन आयोगमा दल दर्ता गराएका हुन ।
कार्यालय प्रमुख निमराज भट्टराईका अनुसार आयोगले दलहरूलाई निर्वाचन चिन्ह लिनका लागि यही चैत ४ गतेदेखि ६ गतेसम्म आवेदन दिनका लागि समय दिएको थियो । आयोगले तोकेको समयमा जिल्लामा रहेका सात दलले निर्वाचन चिन्हका लागि विवरण बुझाएका छन् ।
भट्टराईका अनुसार राष्ट्रिय मान्यता प्राप्त दल नेपाली कांग्रेस, नेकपा (एमाले) नेकपा (माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) जनता समाजवादी पार्टी (जसपा) र लोकतान्त्रिक समाजवादी पार्टी ( लोसपा) ले जिल्लामा विवरण बुझाउनु नपर्ने भएकाले सात दले चिन्ह्रका लागि विवरण बुझाएका हुन । उनीहरूको विवरण निर्वाचन आयोगमा पठाइएको उहाँको भनाई छ ।
निर्वाचन कार्यालयमा दल दर्ता गर्नेहरूमा नेकपा (माले), राष्ट्रिय जनमोर्चा, राष्ट्रिय जनमुक्ति पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपाल, उन्नत लोकतन्त्र पार्टी र सामाजिक एकता पार्टी रहेका छन् ।





.jpg)