ट्रेण्डिङ

होमपेज / राजनीति

नेकपा (माओवादी केन्द्र) शारदा नगर कमिटीको बिस्तारित बैठक सम्पन्न

  सल्यान खबर डेस्क २०७८ चैत्र ७ गते सोमबार १८:०७:५९ मा प्रकाशित

चैत ७,सल्यान 
 नेकपा (माओवादी केन्द्र) शारदा नगर कमिटीको विस्तारित बैठक सम्पन्न भएको छ ।

 बिस्तारित बैठकले १४ जनालाई नगर कमिटीमा मनोनित गरेको छ । यस्तै ३३ सदस्यीय सल्लाहाकार समिति र ३३ सदस्यीय जेष्ठ कम्युनिस्ट मञ्च गठन गरेको छ ।  बैठकले आगामी  बैशाख ३० गते हुने निर्वाचनलाई मध्यनजर गर्दै प्रत्येक वडामा राजनैतिक प्रशिक्षण संचालन गर्ने  कार्यक्रम तयार पारेको छ । 

बैठकमा बोल्दै माओवादी सल्यानका संयोजक कृति बहादुर पुनले  पार्टीको बिचार ,आगामी चुनावि तयारी ,र एमसीसीको बारेमा प्रशिक्षण मन्तब्य  राखेका थिए बैठकमा  प्रदेश सदस्य तथा नगर ईन्चार्ज प्रमोद श्रेष्ठ , प्रदेश सदस्य मान बहादुर मल्ल , तिलक कुमार बि क , पबित्र  शर्मा लगायतले मन्तव्य राखेका थिए । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top