ट्रेण्डिङ

होमपेज / राजनीति

सल्यानमा नेपाली कांग्रेसको एक महिने ‘घर– घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियान सुरु

  सल्यान खबर डेस्क २०७८ चैत्र १ गते मंगलबार १७:४२:२८ मा प्रकाशित

चैत १,सल्यान 

नेपाली कांग्रेस सल्यानले एक महिने ‘घर– घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियान सुरु गरेको छ । मंगलबार सल्यान खलंगामा एक कार्यक्रमको आयोजना गरी  कांग्रेसले एक महिने ‘घर– घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियानको शुभारम्भ गरेको हो । 

एक महिने ‘घर– घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियानको सुरु भएको जानकारी गराउँदै नेपाली कांग्रेसका केन्द्रीय सदस्य राजिवविक्रम शाहले आउँदो स्थानीय निर्वाचनमा कांग्रेसलाई पहिलो पार्टी हुनबाट कसैले रोक्न नसक्ने बताए । यो अभियान पहिलो चरणको भएको र आगामी चैत २९ पछि पुनः अर्को चरणको अभियान सुरु गरिने बताए ।

आसन्न स्थानीय निर्वाचनलाई लक्षित गर्दै आजबाट चैत २९ गतेसम्म नेपाली कांग्रेसको कांग्रेस जिताऔँ अभियान पहिलो चरण हुने बताए । उनले अभियानमा पार्टीले नव मतदाताहरुलाई निर्वाचनको प्रक्रियामा सहभागी बन्न, स्थापित गरेको लोकतन्त्र बमोजिमको अधिकारीलाई प्रयोग गर्ने कुरा र अघिल्लो सरकारले गरेका कामको समीक्षा गरेर भोट हाल्न अनुरोध गर्ने कुरालाई प्राथमिकता दिएको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top