ट्रेण्डिङ

होमपेज / राजनीति

लोकतान्त्रिक आदिवासी जनजाती महासंघ सल्यानको अध्यक्षमा सुरेन्द्र बुढा

  सल्यान खबर डेस्क २०७८ फाल्गुण २९ गते आइतबार २०:०६:४२ मा प्रकाशित

सल्यान २९ फाल्गुन ।   
 नेकपा एमालेको भातृ संगठन लोकतान्त्रिक आदिवासी जनजाती महासंघ नेपाल जिल्ला कमिटी सल्यानको प्रथम जिल्ला अधिवेशन सम्पन्न भएको छ । आइतबार श्रीनरनगरमा सम्पन्न अधिवेशनले सुरेन्द्र बुढाको अध्यक्षतामा ३१ सदस्यीय जिल्ला कार्यसमिति गठन गरेको छ । जसको उपाध्यक्षमा देबराज घर्ती मगर, सचिबमा गुमान सिंह घर्ती, उप९ सचीवमा बिनोद बुढा र मिलन पुन रहेका छन । 

कार्यक्रमलाई उद्घाटन गर्दै नेकपा एमाले का केन्द्रिय पोलिटब्युरो सदस्य गुलाबजंङ्ग शाहले सम्पुर्ण पार्टी निकट भातृ संगठनलाई चुनावि गतिविधिहरु आगाडी बढाउना अनुरोध गरेका छन । उनले पार्टीले चुनाव जित्नुमा भातृ संगठनहरुको महत्त्वपूर्ण भुमिका हुने भन्दै त्यस तर्फ लाग्न अनुरोध गरेका छन । 

लोकतान्त्रिक आदिवासी जनजाति महासंघ नेपालका केन्द्रिय महा– सचिब पेम्बा गुरुङ (भोटे)ले आदिवासी जनजातिका हक अधिकारको बारेमा आफुले सरकारलाई घच्घच्याई रहेको बताएका छन । उनले नेकपा एमाले सरकारमा हुँदा पनी आदिवासी जनजातिको लागि आफुले आवाज उठाई संविधान संशोधनको प्रस्ताव गरेको बताए । पुर्व संविधान सभा सदस्य समेत रहेका भोटेले पार्टी भित्रका अवसरबादी व्याक्तिहरुले गर्दा नेकपा एमालेले आफ्नो सरकार गुमाउनु परेको बताए । यस्ता अवसरबदीहरुको नयाँपार्टी कुनै नयाँ बिचारको लागि नभइ नेकपा एमालेलाई हराउनको लागि पार्टी खोलेको  तर त्यो संम्भव कहिले पनि नहुने बताए ।उनले भने नेकपा एमाले सरकारमा हुदा जनताको मन र बिस्वस्नियता जिति सकेकोले एमालेलाई हराउने सपना समेत कसैले पनि देख्ना नहुने बताए । आउदो निर्वाचनमा नेकपा एमालेको जित सुनिस्चित रहेको बताउदै त्यो जनताले स्वीकार गरेको भोटेले बताए ।

कार्यक्रममा एमाले जिल्ला कमिटी सल्यानका अध्यक्ष गोबिन्द कुमार पुनले जनबर्गिय संगठनलाई बलियो बनाउना पार्टीका लिडरहरुको सुझावको महत्त्वपूर्ण भुमिका हुने बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top