होमपेज / राजनीति
फागुन २३,सल्यान
राष्ट्रिय प्रजातन्त्र पार्टी सल्यानको प्रदेश सदस्य तथा जिल्ला उपाध्यक्ष बालाराम शर्माले साधारण सदस्य समेत नरहने गरी पदबाट राजीनामा दिएका छन् । सोमबार विज्ञप्ति निकालेर उनले पदबाट राजीनामा दिएका हुन ।
राष्ट्रिय प्रजातन्त्र पार्टी भित्र मौलाउँदै गएको व्यक्तिवादका कारण राजीनामा दिएको उनले बताए । समीक्षा बैठक र छानबिनको विषयलाई नेतृत्व तहबाट आफूले उठाएका कुराको सम्बोधन नभई बेवास्ता गरिएको उनले जानकारी गराए । उनका अनुसार पार्टी भित्र गुटबन्दी मौलाउँदै गएकाले राजीनामा दिएको हु ।
आपनो माग पुरा गर्ने भनेको सुन्ने भन्दा पार्टीमा मुख दर्शकको रुपमा सीमित रहेपछि पार्टीबाट बाहिरिएको उनले जानकारी गराए । ‘पार्टीमा प्रजातन्त्र , समाजवादको कुरा गर्ने तर व्यक्तिवाद हाबी हुन थालेको थियो’ उनले भने ‘पार्टीमा बस्नु उचित लागेन बाहिरिए’ । नेतृत्वको कार्यशैलीमा आफू असन्तुष्ट रहेको उनको भनाई छ । उनी राप्रपा पार्टीमा केही वर्षअघि देखि सक्रिय रुपमा कार्यरत थिए ।
पार्टी भित्र चित्त नबुझेकै कारण साता अघि प्रवक्ता विमर्श प्रधान र युवा मोर्चा अध्यक्ष अन्जित श्रेष्ठले पनि राजीनामा दिएका थिए ।





.jpg)