ट्रेण्डिङ

होमपेज / राजनीति

राप्रपा युवा मोर्चा सल्यानको अध्यक्षबाट राजीनामा 

  सल्यान खबर डेस्क २०७८ फाल्गुण २० गते शुक्रबार १९:०८:०९ मा प्रकाशित

फागुन २०,सल्यान– राष्ट्रिय प्रजातन्त्र पार्टी सल्यानको युवा मोर्चाको अध्यक्ष रहेका युवा नेता अन्जित श्रेष्ठले साधारण सदस्य समेत नरहने गरी पदबाट राजीनामा दिएका छन् । शुक्रवार विज्ञप्ति निकालेर उनले पदबाट राजीनामा दिएका हुन । 

राष्ट्रिय प्रजातन्त्र पार्टी भित्र मौलाउँदै गएको व्यक्तिवादका कारण राजीनामा दिएको उनले बताए । युवा मोर्चाले उठाएको समीक्षा बैठक र छानबिनको विषयलाई नेतृत्व तहबाट सम्बोधन नभई बेवास्ता गरिएको उनले जानकारी गराए । उनका अनुसार पार्टी भित्र गुटबन्दी मौलाउँदै गएकाले राजीनामा दिएको हु । 

आपनो माग पुरा गर्ने भनेको सुन्ने भन्दा पार्टीमा मुख दर्शकको रुपमा सीमित रहेपछि पार्टीबाट बाहिरिएको उनले जानकारी गराए । ‘पार्टीमा प्रजातन्त्र , समाजवादको कुरा गर्ने तर व्यक्तिवाद हाबी हुन थालेको थियो’ उनले भने ‘पार्टीमा बस्नु उचित लागेन बाहिरिए’ । नेतृत्वको कार्यशैलीमा आफू असन्तुष्ट रहेको उनको भनाई छ । उनी राप्रपा पार्टीमा केही वर्षअघि देखि सक्रिय रुपमा कार्यरत थिए । 

पार्टी भित्र चित्त नबुझेकै कारण केही दिन अघि प्रवक्ता विमर्श प्रधानले पनि राजीनामा दिएका थिए । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top