होमपेज / राजनीति
फागुन १८सल्यान
राष्ट्रिय प्रजातन्त्र पार्टी सल्यानका प्रवक्ता रहेका युवा नेता विमर्श प्रधानले साधारण सदस्य समेत नरहने गरी पदबाट राजीनामा दिएका छन् । बुधवार विज्ञप्ति निकालेर उनले पदबाट राजीनामा दिएका हुन ।
राष्ट्रिय प्रजातन्त्र पार्टी भित्र व्यक्तिवाद मौलाउँदै गएका कारण राजीनामा दिएको उनले बताए । युवा मोर्चाले उठाएको समीक्षा बैठक र छानबिनको विषयलाई नेतृत्व तहबाट सम्बोधन नभई बेवास्ता गरिएको उनले जानकारी गराए । उनका अनुसार पार्टी भित्र गुटबन्दी मौलाउँदै गएकाले राजीनामा दिएको हुँ ।
आपनो माग पुरा गर्ने भनेको सुन्ने भन्दा पार्टीमा मुख दर्शकको रूपमा सीमित रहेपछि पार्टीबाट बाहिरिएको उनले जानकारी गराए ।
पार्टीमा प्रजातन्त्र , समाजवादको कुरा गर्ने तर व्यक्तिवाद हाबी हुन थालेको थियो’ उनले भने ‘पार्टीमा बस्नु उचित लागेन बाहिरिए’ । नेतृत्वको कार्यशैलीमा आफू असन्तुष्ट रहेको उनको भनाई छ । उनी राप्रपा पार्टीमा झन्डै दुई दशकदेखि सक्रिय रूपमा कार्यरत थिए ।





.jpg)