होमपेज / राजनीति
फागुन १३,सल्यान
राष्ट्रिय मानवअधिकार तथा सामाजिक न्याय मञ्च नेपाल मानव अधिकार एलायन्स जिल्ला शाखा सल्यानको चौथो जिल्ला अधिवेशन सम्पन्न भएको छ । शुक्रवार खंलगामा सम्पन्न भएको चौथो जिल्ला अधिवेशनबाट सुरेश चन्दको अध्यक्षतामा ११ सदस्यीय कमिटी गठन गरिएको छ ।
अधिवेशन बाट उपाध्यक्षमा विशाल खडका, सचिव सुनिता पुन, उप–सचिव किरण शाही, कोषाध्यक्ष केशरी श्रेष्ठ रहनु भएको छ ।
सदस्यहरूमा दिपा श्रेष्ठ, दिलीप रावत, कमला चन्द शाही, जानकी भण्डारी , आशा शाही रहनु भएको छ ।
सुरेश चन्दको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा९एमाले०सल्यानका सचिव तथा मानवअधिकार एलायन्स सल्यानका संस्थापन अध्यक्ष ओज बहादुर बुढाथोकीको प्रमुख आतिथ्ययतामा तथा मानवअधिकार एलायन्सका केन्द्रीय सदस्य तथा गैसस महासंघका केन्द्रीय सचिव दिपेन्द्र डिसिको विशिष्ट आथित्यता रहेका थियो । कार्यक्रममा अनेरास्ववियुका केन्द्रीय स्थायी कमिटी सदस्य घनश्याम पुन, राष्ट्रिय युवासघ केन्द्रीय सदस्य प्रिन्स बस्नेत, अनेरास्ववियु सल्यानका निवर्तमान अध्यक्ष राम बहादुर केसी लगायत सामाजिक तथा मानवअधिकार क्षेत्रमा काम गर्ने सम्पूर्ण व्यक्तिहरूको उपस्थिति रहेको थियो ।





.jpg)