ट्रेण्डिङ

होमपेज / राजनीति

एमसीसी विरुद्ध सल्यानमा प्रदर्शन

  सल्यान खबर डेस्क २०७८ फाल्गुण १२ गते बिहीबार २०:१३:१६ मा प्रकाशित

फागुन १२, सल्यान एमसीसीको विरुद्धमा सल्यानमा तीन विद्यार्थी सङ्गठनले आज आन्दोलन गरेका छन् ।

प्लव नेतृत्वको नेकपा निकट अखिल क्रान्तिकारी, माओवादी निकट अखिल क्रान्तिकारी र नेकपा एकीकृत समाजवादी पार्टी निकट अनेरास्ववियु सल्यानले संयुक्त रुपमा विरोध प्रदर्शन कार्यक्रम गरेका हुन् । 

एमसीसीको विरोध स्वरूप उनीहरूले जिल्ला प्रशासन कार्यालय अगाडी प्रदर्शन गरेका हुन् । पुरानो बसपार्क तर्फबाट नेपाल टेलिकमको कार्यालयको रोड हुँदै एमसीसी विरुद्धको र्‍याली जिल्ला प्रशासनको परिसरमा पुगेको हो । 

विरोध प्रदर्शनको कोण सभालाई सम्बोधन गर्दै विप्लव नेतृत्वको नेकपाका केन्द्रीय सदस्य तथा सल्यान जिल्ला इन्चार्ज सविन पोखरेलले यो बेला जसरी पनि एमसीसी पास गर्न नहुने बताए । उनले अहिले एमसीसी पास गरिए भोलिको पुस्ताले धिक्कार्ने बताए । 

अमेरिका एमसीसीमार्फत नेपालमा प्रवेश गरेर नेपालको स्वाधीनता, कानुन, अर्थतन्त्र, सुरक्षा निकाय, न्याय प्रशासन तथा प्राकृतिक श्रोत साधन कब्जा गर्ने रणनीति रहेको उनले बताए । उनले भने, अमेरिका जहाँ पुग्छ त्यहाँ विकास होइन विनाश गर्छ । एमसीसीमार्फत नेपाली भूमिमा टेकेर अन्य देशहरूसँग लडाइ गर्ने अमेरिकाको रणनीति छ ।

कार्यक्रममा बोल्दै माओवादी निकट अखिल क्रान्तिकारीको प्रदेश कमिटी सदस्य रमेश विसीले नेपाललाई आर्थिक साहायताको नाममा कमजोर पारेर देश बेच्न खोजिएको बताए । उनले देशभन्दा माथि कोही नभएकोले एमसीसी पास गर्नेहरूलाई लखेट्नुपर्ने बताए । विद्यार्थी सङ्गठनहरूले सडकदेखि सदनसम्म तताउनुपर्ने उनले बताए । 

त्यस्तै अनेरास्ववीयु सल्यानका अध्यक्ष नीरज सिंहले राष्ट्रियता नै सबैभन्दा ठुलो कुरा भएको बताए । उनले सल्यानबाट निर्वाचित सांसदले एमसीसीको पक्षमा हस्ताक्षर गरे जिल्लामा प्रवेश निषेध गरिने बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top