ट्रेण्डिङ

होमपेज / राजनीति

एमसीसी बिरुद्ध सल्यानमा मसाल जुलुस

  सल्यान खबर डेस्क २०७८ फाल्गुण ११ गते बुधबार २०:१५:१४ मा प्रकाशित

फागुन ११, सल्यान ।

एमसीसीका विरुद्ध सल्यानको श्रीनगरमा मसाल  जुलुस प्रदर्शन गरिएको छ । तीन विद्यार्थी संगठनले एमसीसी बिरुद्ध बुधबार बेलुका श्रीनगर बजारमा मसाल जुलुस निकालेका हुन् ।
 श्रीनगरको नयाँ बासपार्कबाट पुरानोबसपार्कसम्म रांके जुलुस समाएर एमसीसी बिरुद्ध नाराबाजी गरेका थिए ।

माओवादी निकट अखिल क्रान्तिकारी, विप्लव नेतृत्वको नेकपा निकट अखिल क्रान्तिकारी  र एकीकृत समाजवादी पार्टी निकट अनेरास्ववियु सल्यानले संयुक्त रुपमा बिरोध कार्यक्रमको आयोजना गरेका हुन् ।

जुलुसपछि कोणसभालाई विप्लव निकट अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य टंक प्रकाश केसी, माओवादी निकट अखिल क्रान्तिकारीका प्रदेश कमिटीका चेतन गिरी, समाजवादी निकट अनेरास्ववियुका जिल्ला अध्यक्ष निरज सिंहले सम्बोधन गरेका थिए । उनिहरुले कुनैपनि हालतमा एमसीसी पास गर्न नहुने बताए ।

यी ३ विद्यार्थी संगठनले भोलि जिल्ला प्रशासन घेराउ कार्यक्रम गर्ने जनाएका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top