ट्रेण्डिङ

होमपेज / राजनीति

एमसीसी सम्झौताका विरुद्ध सल्यानका तीन विद्यार्थी सङ्गठनले आन्दोलन गर्ने

  सल्यान खबर डेस्क २०७८ फाल्गुण ११ गते बुधबार १७:०६:३६ मा प्रकाशित

फागुन ११,सल्यान 

एमसीसी सम्झौताका विरुद्ध  सल्यानका तीन विद्यार्थी सङ्गठनले आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् । बुधवार संयुक्त विद्यार्थी सङ्गठनले  विज्ञप्ति जारी गर्दै आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका हुन । 

बुधवार तीन संगठनको बैठ्कले एमसीसी सम्झौताका विरुद्ध सयुक्त आन्दोलन गर्ने निर्णय गरेको छ । माओवादी निकट अखिल क्रान्तिकारी, नेकपा निकट अखिल क्रान्तिकारी र एकीकृत समाजवादी निकट अनेरास्ववियुले संयुक्त रूपमा ११ गते साँझ मसाल जुलुस प्रदर्शन  र फागुन १२ गते विरोध प्रदर्शन तथा जिल्ला प्रशासन कार्यालय घेराउका कार्यक्रम गरेको अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष राजेन्द्र खड्काले जानकारी दिए । 

राष्ट्रघाती एमसीसी सम्झौता खारेज नभएसम्म आन्दोलनका कार्यक्रम जारी रहने उनको भनाई छ । राष्ट्रिय स्वाधीनता माथि प्रहार हुने यस प्रकारका सम्झौता कुनै पनि हालतमा स्वीकार गर्न नसकिने उनको भनाई छ । एमसीसी सम्झौताका विरुद्ध देशभर प्रदर्शनहरू भइरहेका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top