ट्रेण्डिङ

होमपेज / राजनीति

एमाले कर्णाली प्रदेश सदस्य सहित सय बढी कार्यकर्ता समाजवादीमा प्रवेश

  सल्यान खबर डेस्क २०७८ फाल्गुण १० गते मंगलबार १६:४६:२१ मा प्रकाशित

फागुन १०,सल्यान 
नेपाल कम्युनिस्ट पार्टी (एमाले) का कर्णाली प्रदेश सदस्य लोक बहादुर डाँगी सहित  सय बढी नेताकार्यकर्ता नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गरेका छन् ।

 नेकपा एकीकृत समाजवादीमा एमालेका एक सय भन्दा बढि नेता तथा कार्यकर्ताले  एमाले परित्याग गरी समाजवादीमा  प्रवेश गरेका छन । मंगलबार सल्यान खलंगामा आयोजित शारदा नगरपालिका स्तरीय अगुवा कार्यकर्ता प्रशिक्षण तथा पार्टी प्रवेश कार्यक्रममा एमालेका नेता लोक बहादुर डाँगी सहित एक सय भन्दा बढी कार्यकताले समाजवादीमा प्रवेश गरेका हुन ।

जिल्ला समन्वय समितीको सभाहलमा भएको पार्टि प्रवेश कार्यक्रममा राष्ट्रिय सभाका सदस्य उदय बोहरा र उप महासचिव प्रकाश ज्वालाले खादा र माला लगाएर पार्टीमा स्वागत तथा प्रवेश गराएका छन् । पार्टी प्रवेश गर्नेहरुमा जिल्ला सदस्यहरु, खुमराज ओली, खेम कुमारी डाँगी, नन्दलाल अधिकारी, भुपाल डाँगी लगायतका रहेका छन् । 

पार्टी प्रवेश कार्यक्रममा बोल्दै नेता डाँगीले एमाले पार्टी  सहि भए पनि त्यस भित्रका व्यक्ति सित बिचार नमिलेर आफुले एमाले पार्टी छोडनु परेको बताए । एमाले प्राइभेट कम्पनीको रुपमा रहेको  उनको आरोप रहेको छ । । अझै केही दिन पछि एमालेका अरु नेताहरुले पनि एमाले पार्टी छोडेर समाजवादी तिर आउने उनको दावी रहेको छ  ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top