होमपेज / राजनीति
फागुन ५,सल्यान
नेपाल राष्ट्रिय कर्मचारी संगठन, निजामती सल्यानको जिल्ला सम्मेलन आयोजक समिति गठन गरिएको छ । जित बहादुर खड्काको संयोजकत्वमा ४ पछि थप्ने गरी १५ सदस्यीय सम्मेलन आयोजक समिति गठन गरिएको हो ।
बुधवार सल्यान खलंगामा भएको बैठक यथाशिघ्र जिल्ला सम्मेलन गर्ने निर्णय गरेको छ । सदस्यहरुमा केशव साउद, कुमार वली, ठकेन्द्र केसी, खुमराज शर्मा, सरिता सुनार, मदन भण्डारी, टेक बहादुर बस्नेत, राजेश बोहरा, टेक बहादुर खड्का र टेक बहादुर वि.क रहेका छन् ।
जिल्लाका दशवटै पालिकाहरुको भेला सम्मेलन गरी जिल्ला सम्मेलनको तयारी गरिने संयोजक जित बहादुर खड्काले जानकारी दिए । सबै पालिकाहरुको भेला सम्मेलन पश्चात जिल्ला सम्मेलन गरिने उनको भनाई छ ।
बैठकमा नेकपा (माओवादी केन्द्र) का भीम प्रकाश शर्मा, हरि प्रकाश बुढाथोकी, सुकदेव विक. नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतीका केन्द्रीय सदस्य रमेश कुमार गिरी, विनोद पुन, प्रदेश सदस्य मुकुन्द शर्मा लगायतको उपस्थिति रहेको थियो ।





.jpg)