होमपेज / राजनीति
फागुन २,सल्यान
नेपाल राष्ट्रिय कर्मचारी संगठन बागचौर नगरपालिकाको प्रथम नगर सम्मेलनबाट हेमन्त बस्नेत निर्वाचित भएका छन् । सोमवार सम्पन्न प्रथम नगर सम्मेलनले बस्नेतलाई निर्विरोध अध्यक्षमा निर्वाचित गरेको हो ।
सम्मेलनले उपाध्यक्ष रिता वली, सचिव केशव चन्द, सह(सचिव हिरादेवी रोकाय, कोषाध्यक्ष निर्मला वलीलाई निर्वाचित गरेको छ । यस्तै सदस्यहरुमा धनेश्वर खड्का, सुन्दर खड्का, नवीन वली, ओम प्रकाश वली, राधा बटाला, गणेशा वली, प्रेम कवंर र सरोज गिरी रहेका छन् ।
यस्तै सम्मेलनले ४ सदस्यीय सल्लाहकार समिति गठन गरेको छ । जसमा तिर्थराज डाँगी, टेक ब. रावत, प्रदिप डि.सी. र मुना खड्का रहेका छन् ।





.jpg)