होमपेज / राजनीति
फागुन १,सल्यान
नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) सल्यानको भातृ संगठनले अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता खारेजीको माग गर्दै सल्यानमा प्रदर्शन गरेका छन् ।
नेपाल र नेपाली जनताको हितमा परियोजना नभएको भन्दै सत्ता साझेदार समाजवादीले आइतबार प्रदर्शन गरेको हो ।
एमसीसी परियोजना खारेज गरौँ, गो ब्याक एमसीसी, राष्ट्रिय स्वाधिनताको रक्षा गरौँ लगायतका नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए । जिल्लाको बागचौर नगरपालिका – २ बागचौरमा भएको प्रदर्शनमा राष्ट्रिय हित विपरित परियोजना आएकाले यसलाई स्वीकार गर्न नसकिने जिल्ला सचिव रमेश कुमार गौतमले बताए ।
बलमिच्याईको तरिकाले संसदबाट एमसीसी पास गरिए आन्दोलन चर्काउने चेतावनी दिए । राष्ट्रियता र जनताको भावना भन्दा माथि आर्थिक सहयोग हुन नसक्ने भएकाले यथास्थितिमा एमसीसी पास हुन सक्ने गौतमको भनाई छ ।





.jpg)