होमपेज / राजनीति
फागुन १,सल्यान
नेकपा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन सल्यानको १६ औँ जिल्ला अधिवेशन शनिवार सम्पन्न भएको छ । अधिवेशनबाट राजेश वलीको अध्यक्षतामा २९ सदस्यीय जिल्ला कमिटी गठन भएको छ । जसको उपाध्यक्षमा एलिसा डि.सी .र सचिवमा विशाल पुन सह सचिवमा कृष्ण बि.सी. झक्कु प्रसाद शर्मा र निकुञ्ज गिरी रहेका छन् । कोषाध्यक्ष नारायण के.सी सर्वसम्मत निर्वाचित भएका छन् ।
सदस्यहरूमा अर्जुन वली, ललित थापा, विमल पुन, रबिन कुमार बुढाथोकी, सन्देश खड्का, विशाल वली, सङ्गीता वली, भूपेन्द्र रावत, ललित बस्नेत रहेका छन् । यस्तै शिवराज देवकोटा, इमान सिंह बुढा, बल बहादुर चलाउने, सुन्दर बि.क, पुष्पा पुन, एम बहादुर विश्वकर्मा, लक्ष्मण बि.क, टोपेन्द्र बि.क, उपेन्द्र खडका, दीपक चन्द, सुजन डाँगी, शारदा खड्का, संन्दिप वली सदस्य रहेका छन् ।
कार्यक्रम उद्घाटन नेकपा एमालेका केन्द्रीय सदस्य तथा सल्यान क्षेत्र न १ का प्रदेश संसद् गुलाब जंग शाहले गरेका थिए । उद्घाटन समारोहमा बाल्दै शाहले राजनीतिको जग नै विद्यार्थी सङ्गठन भएको बताए । जति नै यो सङ्गठनलाई बलियो बनाउन सकिन्छ त्यति नै राजनीतिक यात्रा बलियो हुँदै जाने उनले बताए । उनले अनेरास्वबियुको यात्राबाट नै देशको ठुलाहरू नेताहरू देश हाँक्ने स्थितिमा पुगेको बताए । उनले अरू राजनीतिक पार्टीको विद्यार्थी सङ्गठनहरू भन्दा यो अनेरास्वबियु पुरानो भातृ सङ्गठन भएको बताए । उनले अनेरास्वबियुमा लागेर राजनीतिक यात्राको शुभारम्भ गर्न उपस्थित बिद्यार्थीहरुलाई अनुरोध गरे । शाहले नयाँ गठन हुने कमिटीलाई सक्रिय रुपमा लाग्न अनुरोध गर्दै सफल कार्यकालको शुभकामना समेत दिएका छन् ।
एमाले सल्यानका अध्यक्ष गोविन्द कुमार पुनले जिल्ला कमिटी गठन पश्चात् जिल्लाका सबै विद्यालयमा आफ्नो सङ्गठन बिस्तारमा लाग्न अनेरास्वबियुलाई अनुरोध गरेको छन् । उनले पार्टी बलियो हुनुमा भातृ सङ्गठन क्रियाशील हुनु पर्ने बताए । पार्टी सफल हुनुमा जनवर्गिय सङ्गठनको महत्त्वपूर्ण भूमिका रहेकाले त्यो अनुसार नयाँ नेतृत्व सक्रिय रुपमा लाग्न अनुरोध गरे । कार्यक्रममा नेकपा एमाले प्रदेश कमिटी सदस्य मनोज सिंह, नेकपा एमाले जिल्ला कमिटी सचिव ओज बहादुर बुढाथोकी, नेकपा एमाले उपसचिव पुष्पा बाहोरा, जिल्ला कमिटी सदस्य जनक बि.क, अनेरास्वबियु केन्द्रीय सदस्य घनश्याम पुन, पूर्व जिल्ला कमिटी अध्यक्ष राम बहादुर के.सी, नेपाल निजामती कर्मचारी सङ्गठनका जिल्ला अध्यक्ष ध्रुव बहादुर खत्री लगायतले शुभकामना मन्तव्य राखेका थिए ।





.jpg)