होमपेज / राजनीति
माघ २९,सल्यान
२७ औँ जनयुद्धको दिवसको पूर्व सन्ध्यामा सल्यानका विभिन्न स्थानमा दीप प्रज्वलन गरिएको छ । तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (माओवादी) ले २०५२ साल फागुन १ गते सशस्त्र जनयुद्धको घोषणा गरेको थियो ।
जनयुद्धको दिवसको पुर्वसन्ध्यामा शनिवार नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको भातृ सङ्गठन अखिल क्रान्तिकारीले जिल्लाका विभिन्न स्थानमा दीप प्रज्वलन गरेको हो । जिल्लाका बागचौर नगरपालिका, छत्रेश्वरी, दार्मा गाउँपालिका लगायतका स्थानमा दीप प्रज्वलन गरिएको अखिल क्रान्तिकारी सल्यानका अध्यक्ष राजेन्द्र खड्काले जानकारी दिए ।
जनयुद्धको जगमा देशको परिवर्तन भएपनि केही पङ्तीले भने जनयुद्ध र जनयुद्धको भावनालाई भुलेर अघि बढी रहेको आरोप लगाए । जनयुद्धको क्रममा साहदत्त प्राप्त सहिदहरूले देखाएको बाटोमा अविचलित रुपमा अघि बढी रहने उनले प्रतिबद्धता जनाए । सहिदको सपना सकार पार्न र सहिदले देखेका सपना पुरा गर्ने बाटो हाम्रो पार्टी निरन्तर लाग्ने छ उनले भने ।





.jpg)