होमपेज / राजनीति
माघ २६,सल्यान
नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य सविन पोखरेलले नेपालमा नयाँ मोर्चा बन्दी बन्दै गएको बताएका छन् । एमसिसीका कारण राष्ट्रघाती दलालहरूको एउटा मोर्चा बन्दी र राष्ट्रियता प्रति गम्भीर हुनेहरूको अर्को मोर्चा बन्दी हुने बताए ।
बुधवार सल्यान श्रीनगरमा नेकपा सल्यानले आयोजना गरेको राष्ट्रघाती एमसिसी सम्झौताका विरुद्ध आयोजित विरोध कार्यक्रममा बोल्दै नेता पोखरेलले यहाँ एमसिसीका विरुद्ध पार्टी भन्दा माथि उठेर मोर्चा बन्दी बन्दै गएको दाबी गरे ।
राष्ट्रघाती एकातिर र राष्ट्रवादी एकातिर भएर पार्टीको पर्खाल भत्किने बताए । उनले भने देशभक्तहरूले राष्ट्रघातीहरुलाई परास्त गर्नेछन् । नेपालमा राष्ट्रघाती एमसिसी लागु हुने छैन । अमेरिकाले नेपालका राजनीतिक दलहरू मार्फत सांसदबाट एमसीसि पास गराए पनि नेपाली जनताको मन मस्तिष्कलाई कहिले पास गराउन नसक्ने दाबी गरे ।
जबरजस्ती सांसदबाट एमसिसी अनुमोदन गराउने दुस्साहस गरे त्यसको प्रतिवाद हुने र त्यो प्रतिरोध र प्रतिवादले नेपालको राजनीतिमा नयाँ आयाम थपिने उनले दाबी गरे । उनले भने चुनावको घोषणा गरेर जनताको ध्यान चुनाव तिर मोडेर एमसिसी पास गराउने योजना हुँदै छ यदि एमसिसी पास भयो भने चुनाव हुँदैन ।





.jpg)