ट्रेण्डिङ

होमपेज / राजनीति

पुर्ण रुपमा राजनीतिमा लागेका पत्रकारहरुलाई महासंघबाट बिदाई गर्न जनपत्रकारको माग

  सल्यान खबर डेस्क २०७८ माघ १८ गते मंगलबार १८:११:५५ मा प्रकाशित

माघ १८, सल्यान ।

 जनपत्रकार संगठन नेपाल सल्यानले नेपाल पत्रकार महासंघलाई विभिन्न मागहरु राख्दै ज्ञापनपत्र बुझाएको छ । जनपत्रकार संगठन जिल्ला समिति सल्यानले सोमबार नेपाल पत्रकार महासंघ सल्यानलाई ७ बुँदे ज्ञापनपत्र बुझाएको हो । 

ज्ञापनपत्रमा पत्रकारिता पेशा छोडेर पुर्ण रुपमा राजनीति वा अन्य पेशामा लागेकाहरुलाई सम्मान स्वरुप बिदाई गरि मानार्थ सदस्य दिन जनपत्रकारले माग राखेको छ । 
त्यस्तै पत्रकारहरुको क्षमता बृद्धि विकास गर्न तालिम तथा प्रशिक्षणको व्यवस्था गर्न पनि सो संगठनले माग राखेको छ । जिल्लाका विभिन्न सरकारी कार्यालयहरुबाट प्राप्त हुने विज्ञापनहरु समानुपातिक प्राणालीबाट सबै मिडियाहरुले पाउने वातावरणको लागि पनि जनपत्रकारले महासंघलाई आग्रह गरेको छ । 

ज्ञापनपत्र जनपत्रकार संगठन नेपाल कर्णाली प्रदेशका उपाध्यक्ष योगराज विक, सचिव खेकन्द्र केसी र जिल्ला अध्यक्ष बिरेन्द्र डिसीले बुझाएका हुन् । 

ज्ञापनपत्र बुझ्दै पत्रकार महासंघ सल्यानका अध्यक्ष नविन पौडेलले मागहरु समयसान्दर्भिक  र प्रभावकारी भएको बताए । उनले उक्त मागहरुलाई कार्यन्वयनमा लिने बताएका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top