ट्रेण्डिङ

होमपेज / राजनीति

समाज परिवर्तनका लागि सञ्चार माध्यमको भूमिका महत्वपूर्ण

प्रेस सेन्टर नेपालको १८ औँ स्थापना दिवस

  सल्यान खबर डेस्क २०७८ माघ १५ गते शनिबार १५:१६:०७ मा प्रकाशित

माघ १५,सल्यान 
प्रेस सेन्टर नेपालका केन्द्रिय सदस्य दीपक शर्माले समाज परिवर्तनका लागि सञ्चार माध्यमको महत्वपूर्ण भूमिका हुने बताएका छन् । जनयुद्धको जगमा स्थापना भएको प्रेस सेन्टर नेपालले प्रतिगमन र समाज परिवर्तनको उल्लेखनीय भूमिका खेलेको बताए । 

प्रेस सेन्टर नेपालको १८ औँ स्थापना दिवसको अवसरमा बागचौर नगरपालिका शाखाले शनिबार गरेको दिगो विकासका लागि पत्रकारहरुको भूमिका विषयम अन्तरक्रिया कार्यक्रममा बोल्दै शर्माले देश, जनता र श्रमजीवि वर्गको हितमा आफ्ना कलम चलाउनु पर्ने बताए । समाजमा लुकेर रहेका विषयलाई गहन अध्ययनगरी उजागर गर्न आग्रह गरे । 

यस्तै नेकपा (माओवादी केन्द्रं) का कर्णाली प्रदेश सदस्य तथा बागचौर नगरपालिकाका प्रमुख लोकमान बुढाथोकीले समाजमा लुकेर रहेका विषयलाई उठान गरी अघी बढ्न आग्रह गरे । पत्रकारिताकोे मुल उद्देश्यलाई प्राथमिकतामा राखी सत्य तथ्य र वास्तविक समाचारलाई जनतामाँझ राख्न सक्नु पर्ने बताए । सतही समाचारलाई भन्दा पनि खोज र अनुसन्धानमुलक समाचारलाई जोड दिन उनले आग्रह गरे । मुलुकका हरेक परिवर्तनमा सञ्चारमाध्यमको विशेष भूमिका रहने बताउँदै बुढाथोकीले मुलुकको आमुल परिवर्तनमा प्रेस सेन्टरले खेलेको भूमिका विर्सन नहुने बताए । 

नेकपा (एकीकृत समाजवादी) कर्णाली प्रदेश सदस्य ज्ञानेश्वर केसीले श्रमजीवि जनताको आवाजलाई उठान गर्न पत्रकार अग्रसर हुनु पर्ने बताए । राजनीतिक आस्था फरक फरक भएपनि जनतामा सत्य र वास्तविक सूचना सम्प्रेषण गर्न सबैमा आग्रह गरे । 

संगठनको १८ औँ स्थापना दिवसको अवसरमा बागचौर नगरपालिकाको अस्थायी कोभिड १९ आइसोलेशनलाई बागचौर शाखाले एक थान हिटर प्रदान गरेको छ । आइसोलेसनमा उपचारका लागि आउने विरामीलाई थोरै भएपनि राहत प्रदान होस भन्ने उद्देश्यका साथ हिटर प्रदांन गरिएको बागचौर शाखा संयोजक पुष्पारिजन डिसीले जानकारी दिइन । 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top