होमपेज / राजनीति
माघ ४,सल्यान
नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) ले सल्यानमा शुरु गरेकोे छ । ‘जनता देखी जनता सम्म’ भन्ने नारा अनुसार सामाजिक रुपान्तरको लागि स्टिकर अभियान शुरु गरिएको समाजवादीले जनाएको छ ।
मंगलवार जिल्लाको सदरमुकाम खलंगामा पत्रकार सम्मेलन गर्दै पार्टीका उपमहासचिव तथा कर्णाली प्रदेश इन्चार्ज प्रकाश ज्वालाले जिल्लाभर स्टिकर अभियान शुरु भएको घोषणा गरेका हुन ।
उनले राजनितिक दलहरुका अवका मुद्धा जनसरोकारका मुद्धा हुनुपर्ने बताए । ‘राजनीतिक पार्टीहरुले पार्टीका कुरा, संगठन र सदस्यका कुरा, एउटा पार्टीले अर्को पार्टीलाई गालीगलौँज गर्ने कुरा मात्रै गरिरहन्छ भनिरहेको बेला हामीले फरक तरिकाले जनताको बिचमा पुग्ने अभियान शुरुवात गरेका छौँँ’ उनले भने ‘राजनितिक दलहरुको मुद्धा भनेको राजनितिक त हुन्छन् नै, तर राजनितिक दलका अवका मुद्धा जनसरोकारका मुद्धा पनि हुन आवश्यक छ ।’
ज्वालाले समाजमा देखिएका बिकृति, बिसंगतीका बिरुद्धमा पनि राजनितिक दलहरुले आवाज उठाउनुपर्ने बताए । उनले भने ‘समाजमा भ्रष्टाचार व्याप्त छ, यसका बिरुद्धमा को बोल्ने ? यसका बिरुद्धमा बोल्ने जिम्मा पत्रकार वा अभियान्ताहरुको मात्रै हो त ? राजनितिक दल, जसले राष्ट्रको नेतृत्व गर्छन्, भ्रष्टाचारको बिरुद्धमा सबैभन्दा बढी राजनितिक दल बोल्नुपर्छ ।’
समाजमा अझैपनि महिला हिंसा, जातिय छुवाछुत, बिभेद लगाएतका विकृतिहरु व्यापक रहेको उनको भनाइ छ । ‘कानुन बनाउने राजनितिक दलहरु, निति निर्माण गर्ने राजनितिक दलहरु, सत्ता नेतृत्वमा बस्ने राजनितिक दलहरु, अनि उनीहरु नै त्यो बिषयमा नबोल्दाखेरी कसले त्यो अभियान चलाउने ? एकल प्रयासले सार्थकता पाउदैँन्, यसको नेतृत्व दलहरुले लिनुपर्छ’ उनले भने ।
यस अभियानले समाजलाई नयाँ सन्देश दिने ज्वालाको भनाइ छ । ‘पार्टीको झण्डा, चिन्ह र स्टिकर सहित नागरिकको घर–घरमा पुग्छौँ र स्टिकर टाँस्दै सामाजिक रुपान्तरणका बिषयमा घरपरिवारका सबै सदस्यहरुसँग छलफल गर्छौ’ उनले भने ‘यसको जिम्मा पार्टीको जिल्ला, पालिका, वडा र टोल कमिटीहरुलाई प्रदान गर्छौ, सिमित व्यक्तिहरु सहभागि भएर जनस्वास्थ्यका मापदण्ड पालना गर्दै अभियान सम्पन्न गर्छौ ।’
स्टिकरमा ‘‘हरेक क्षेत्रमा महिलाको सुरक्षा र सम्मान गरौँ, महिला हिंसा बन्द गरौँ’’ ‘‘हामी जातपातमा विश्वास गर्दैनौँ, हाम्रो घरमा सबै जातजातिका मानिसलाई प्रवेश खुला छ’’ ‘‘नातावाद कृपावाद र भ्रष्टाचार नेपालका राष्ट्रिय रोग हुन, यिनलाई जरैदेखी उत्मुलन गरौँ, संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गरौँ’’ ‘‘अपांगता भएका नागरिकहरुलाई प्राथामिकताका साथ अवशर दिने र सहयोग गर्ने गरौँ’’ ‘‘मानिस बोक्सो वा बोक्सी हुदैँन, बोक्सो वा बोक्सी हुन्छ भन्नु अन्धविश्वास हो, कसैलाइ पनि बोक्सो वा बोक्सी भनेर आरोप लगाउनु सामाजिक, साँस्कृतिक र कानुनी अपराध हो’’ लगाएतका नाराहरु लेखिएका छन् ।
अभियान अन्र्तगत जिल्लाभर रहेका सबै घरधुरीमा नेकपा एकीकृत समाजवादीका नेता कार्यकर्ताहरु पुग्ने छन् । स्टिकर अभियानलाई सफल वनाउन र सामाजिक रुपान्तरणको अभियानमा सक्रियताका साथ लाग्न पार्टीका जिल्ला अध्यक्ष उदय बहादुर बोहराले सबै नेता कार्यकर्ताहरुलाई आग्रह गरे । पार्टीलाई जनतासँग जोड्ने स्टिकर अभियान सबै पालिका, वडा र बस्ती–बस्तीमा पुगेर सञ्चालन गरिने उनको भनाइ छ ।





.jpg)